Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आरजु म्याडमको लगानी पचाउन शनिबार बिदामाथि बिदा

काठमाडौं । वर्तमान देउवा सरकार कतिसम्म तल्लोस्तरको निर्णय गर्दोरहेछ भन्ने कुरा सार्वजनिक बिदा हुने शनिबारका दिन क्रिश्चियनहरुको क्रिसमसको बिदा घोषणा गर्ने हास्यास्पद निर्णयले पनि पुष्टि गर्दछ । शनिबार बिदाकै दिन हो । यही दिन इसाईहरुको क्रिसमस परेको थियो । स्वतः शनिबार बिदा हुँदाहुँदै पनि वर्तमान पाँच मुखे देउवा सरकारले शनिबार सार्वजनिक बिदा घोषणा गरेर अर्को कीर्तिमान कायम गरेको छ ।
देउवा पत्नी आरजुले दक्षिण कोरियन आइएनजीओ होस्ना फाउन्डेशनमार्फत् इसाई मिशनमा संलग्न रहेको चचा परिचर्चा विगतदेखिनै चलिरहेको थियो । शायद यही लगानी पचाउनका निम्ति शनिबार बिदा घोषणा गर्ने हास्यास्पद निर्णय हेर्दा देउवा परिवार कतिसम्म पश्चिमाहरुको चर्च मिशनमा फसेको रहेछ भन्ने पुष्टि गर्दछ । देउवा सरकारका गृहमन्त्री बालकृष्ण खाँणलाई २०४८ सालमै इसाईहरुले मतदान गर्न ह्वीप जारी गरेको कुरा डा. सौभाग्यजंग शाहले हिमालको साउथ एशियन हिमालमा लेखेको लेखमा उल्लेख गरेका थिए । काँग्रेस महाधिवेशनमा शिष्ट निर्मला चर्चका विश्वप्रकाश शर्मालाई प्रकाशमानको टिमतर्फ पठाउँदै र धनराज र गगनलाई शेखरको टिममा पठाएर देउवाले चर्च काँग्रेसहरुलाई योजनाबद्ध रुपमा महाधिवेनमा विजयी गराएका छन् । यसरी काँग्रेसभित्र पनि सम्पूर्ण क्रिश्चियन एजेन्टहरु ल्याउन सफलता पाएका देउवाले शनिबार सार्वजनिक बिदाको दिन बिदा दिएर अर्को कीर्तिमान कायम गरेका छन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल