Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्न पार्टीका पदाधिकारी तथा सांसदहरूलाई निर्देशन दिएका छन्। बिहीबार सानेपामा बसेको पदाधिकारी तथा सांसदहरूको बैठकमा उनले आफूले कुनै गलत वा अनैतिक काम नगरेको दाबी गर्दै सबैखाले अनुसन्धानका लागि तयार रहेको बताए।
थापाले इनम सापकोटासँग आफ्नो कुनै भेटघाट र चिनजान नरहेको स्पष्ट पारे। इनमसँग जोडिएको भनिएको अडिओ आफूले बोलेको नभई बोलाइएको उनको दाबी छ।
बैठकमा कांग्रेस नेताहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनमाथि पनि अनुसन्धान गर्नुपर्ने माग उठाएका छन्। इनम सापकोटाका मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षणअघि दुई दिनसम्म बेनको घरमा राखिएको विषयलाई उनीहरूले गम्भीर रूपमा उठाएका हुन्।
कांग्रेसले यस प्रकरणलाई संसद् तथा राज्य व्यवस्था तथा सुशासन समितिमा उठाउने तयारी गरेको छ। महामन्त्री प्रदीप पौडेलले पछिल्ला घटनाक्रमबारे संसदीय समितिमा छलफल अघि बढाउने बताए।
सभापति थापाले आफूविरुद्धका आरोपको निष्पक्ष अनुसन्धानमा सहयोग गर्ने बताए पनि जबर्जस्ती धरपकडको प्रयास भए प्रतिवाद गर्ने धारणा राखेका छन्।
२०८३ कार्तिक २१
ताजा नेपाल
२०८३ कार्तिक २१
ताजा नेपाल
२०८३ कार्तिक २१
ताजा नेपाल