Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आलमको घरमा प्रहरीको छापा

रौतहट । जिउँदा मान्छेलाई इँटा भट्टामा हाल्ने अपराधी रौतहट क्षेत्र–२ का निलम्बित सांसद महमद आफताब आलमको घरमा प्रहरीले छापा मारेको छ । प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहको निर्देशनमा गत राति १२ः३० बजे आलमको राजपुर स्थित घरमा छापा मारेको थियो । यो प्रकरणमा आरोपित रहेका निलम्बित सांसद आलमका भाइ महमद महताब आलम पर्वको अवसरमा लुकिछिपी घरमा आएको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । छापा मारे लगत्तै ठूलो संख्यामा गाउँलेहरुले डाँका आयो भन्दै होहल्ला सुरु गरेपछि प्रहरी टोली फर्किन बाध्य भएको थियो । आलमको घर अगाडि जम्मा भएको भीड हटाउन प्रहरीले १२ राउन्ड हवाइफायर समेत गरेको थियोे । घरमा महताब आलमलाई भने प्रहरीले फेला पार्न सकेन । राजपुर नगरपालिका मेयर सेख सकिलले डकैती शैलीमा मध्यरातमा प्रहरीले अनावश्यक दुःख दिएको बताए । दुई दिनपछि आउन लागेको मुस्लिमहरुको पर्व ईद उलफित्रलाई प्रभावित बनाउन प्रहरीले षड्यन्त्र गरेको मेयर सकिलले आरोप लगाए ।
यता, प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले आलमका भाइलगायत ३ जना फरार अभियुक्त घरमा आएको सूचनाको आधारमा प्रदेश र रौतहट प्रहरीको संयुक्त टोलीले घरमा छापा मारेको बताए ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल