Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आवेग र असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ : प्रचण्ड

१३ मंसिर, ललितपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा देखापरेका आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्ने ढंगले अघि बढ्ने बताएका छन् । त्यसका लागि गोरखाली जनताको विश्वासको बलमा अघि बढ्ने उनको भनाइ छ ।
गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा मंगलबार बिहान ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, मैले राजनीतिमा देखा पर्न खोजेका आवेग,असन्तुष्टि र निराशालाई पनि सम्बोधन गर्ने ढंगले गोरखाली जनताको विश्वासको बलमा अगाडि बढ्नुपर्छ । सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने उनले बताए ।
राष्ट्रलाई एकता, समृद्धि र सुशासन तिर लैजाने उपयुक्त थलो गोरखा भएको भन्दै प्रचण्डले भने, त्यहाँका जनताको भरोसा र विश्वासको बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ ।
उनले आउने ५ वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने र महशुस गर्ने गरी विकासलाई गति दिने आश्वासन समेत दिए ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल