Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इजरायल विरुद्धको लडाईंमा इरानले हिज्बुल्लाहको साथ पाएको छ

इरान र इजरायलबिच तनाव चलिरहँदा हिज्बुल्लाहले पनि तेहरानको समर्थनको दाबी गरेको छ । इजरायल र अमेरिका विरुद्धको लडाईंमा हामी इरानको साथमा छौँ । इरानको आणविक कार्यक्रम शान्तिको लागि हो । उसले आफ्ना जनताको सेवा गर्न चाहन्छ । यसबाट कसैलाई पनि हानी हुने छैन । बरु यो इरान र पश्चिम एसियाको लागि एक प्रमुख वैज्ञानिक योगदान हुनेछ’ हिज्बुल्लाह नेता शेख नईम कासिमले भनेका छन् ।

विश्व स्तरमा इरानको विरोध आणविक कार्यक्रमका कारण नभएको बरु उसले विश्वास, ज्ञान र स्वतन्त्रतालाई समर्थन गरेकोले भएको समेत उनले भनेका छन् । उनले अमेरिकी राष्ट्रपति ट्रम्पको धम्कीको पनि आलोचना गरेका छन् । अमेरिकाले पश्चिम एसियालाई अराजकता र अस्थिरतातर्फ लगिरहेको उनको भनाइ छ ।

अमेरिकाले विश्वलाई ठुलो सङ्कटतर्फ धकेलिरहेको अनि यसबाट अमेरिकाले लाज, अपमान र असफलता मात्र पाउने पनि उनले बताए । तेहरानसँग हिज्बुल्लाहको गठबन्धनलाई पुनः पुष्टि गर्दै, कासिमले इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीको समर्थन मागे । हामी सबै स्वतन्त्र मानिसहरू, उत्पीडित, प्रतिरोध लडाकुहरू, विद्वानहरू र असल विचार भएका मानिसहरूलाई आफ्नो आवाज उठाउन आह्वान गर्दछौँ । खामेनी नेतृत्वसँग एकताबद्ध भएर शक्ति, साहस र समर्थन प्रदर्शन गर्नुहोस्’ अझ अगाडि उनले भने ।

यसैबिच अमेरिकाले इजरायल–इरान द्वन्द्वमा सामेल नहुन हिज्बुल्लाहलाई कडा चेतावनी दिएको छ । हिज्बुल्लाह युद्धमा सामेल हुनु भनेको धेरै, धेरै नै खराब निर्णय हुने अमेरिकी राजदूत थोमस ब्यारेकले बेरुतमा भनेका थिए ।

 


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल