Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इतिहासमै सबैभन्दा कमजोर बने प्रचण्ड

काठमाडौं । १० वर्षे जनयुद्ध मात्रै होइन त्यसअघिको भूमिगत राजनीतिमा पनि आफ्नो दबदबा कायम गर्दै आएका पुष्पकमल दाहाल प्रचण्ड अहिले इतिहासमै सबैभन्दा कमजोर देखिएका छन् । संसदीय राजनीतिमा आएपछि पनि उनकै हातमा सत्ताको तालाचाबी बसेकै हो । राजनीतिका बादसाह गिरिजाप्रसाद कोइरालालाई समेत घुमाएका प्रचण्ड अहिले झापाली केपी ओलीको जालमा पर्दा इतिहासकै कमजोर अवस्थामा आइपुगेका छन् । कार्यकारी अध्यक्ष भनेर घोषणा गरिएका नेकपा अध्यक्ष प्रचण्ड पछिल्लो समयमा आएर एक निरिह केन्द्रीय सदस्य जत्तिको पनि हैसियत नभएको अनुभूति हुन थालेको छ । पटक पटक बालुवाटर बोलाएर भेटघाटको नाटक मञ्चन गरे पनि ठूला निर्णय र आगामी कार्यदिशाका बारेमा कुनै छलफल हुँदैन ।

यतिसम्मकी मन्त्रिमण्डल पुनर्गगठन हुँदा होस् वा राजदूत, सचिवहरु नियुक्ति तथा सरुवा बढुवा अध्यक्ष प्रचण्डले पनि निर्णय सुनाउँदा मात्रै पत्तो पाउँछन् । प्रम ओलीले एकलौटी रुपमा आफ्ना मान्छेलाई च्याप्ने काम गरिरहेका छन् तर कार्यकारी अध्यक्षको हैसियतमा रहेका प्रचण्डले त्यसमा मिडियाका अगाडि असहमति जनाउनु भन्दा अरु गर्न सक्ने अवस्था छैन । बालुवाटार बोलाएर उखान टुक्का सुनाएर प्रचण्डलाई फुस्सा बनाएको पनि साढे दुई वर्ष नाघिसक्यो । कहाँ देखियो कार्यकारी अध्यक्षको हैसियत । नत सरकारमा उनको केही लाग्छ, नत पार्टीमै उनको केही चल्छ ।

यस्तै स्थिति भइरहने हो भने प्रचण्ड अबको महाधिवेशनमा अध्यक्षको दाबेदार होइन केन्द्रीय सदस्यको दाबेदारी गर्ने हैसियतमा नपुग्लान भन्न सकिँदैन । तत्कालिन माओवादीमा हुँदा आफ्ना समकक्षी र विरोधीलाई आफ्ना कुरा राख्न नदिने, अरुको कुरा नसुन्ने बाबुराम भट्टराइ, मोहन वैद्य किरण जस्ता नेतालाई बाइपास गर्दै अघि बढेकै शैलीमा अहिले प्रचण्ड ओलीको छायाँमा परेका छन् । पछिल्लो २०७७ असोज २८ गते मन्त्रिपरिषद्को पुनर्गठनलाई हेर्न सकिन्छ । यस पटकको मन्त्रिपरिषद् विस्तारमा न त अध्यक्ष प्रचण्डलाई मानका खातिर सोधनी भयो नत प्रम ओलीकै हैसियतमा माधवकुमार नेपाल र झलनाथहरुले पत्तो पाए ।

पार्टीलाई संगठिन बनाएर लाने भन्दा पनि कसरी आफ्ना प्रतिस्पर्धी र आलोचकलाई समाप्त पार्दै अघि बढ्न सकिन्छ भन्ने मनसायले अगाडि बढिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पार्टीका वरिष्ठ नेताहरु नै बिलौना सुनाउने, पछाडि कुरा काट्ने भन्दा अरु केही गर्न सक्दैनन् । अघिल्लो पटकको संसदीय चुनावमा सिराहाबाट प्रचण्डसँग लडेका तत्कालिन एमालेका उम्मेदवार लीला श्रेष्ठलाई पार्टीको तर्फबाट केही आश्वासन केपी ओलीले दिएर १३/१४ दिन मतगणना स्थगित गरेर केही मौखिक सम्झौता गरेर प्रचण्डलाई जिताइएको अब लुक्ने अवस्थामा छैन ।

काठमाडौंबाट हारिसकेका प्रचण्डलाई जसरी पनि संसद छिराउने योजनामा केपी ओलीले लीला श्रेष्ठलाई तपाईं हार स्वीकार्नुहोस् प्रचण्डलाई छाडिदिनुस् म यसको क्षतिपूर्ति गरौंला भनेर बचन दिएकै थिए । त्यसैको बदला अहिले प्रचण्डलाई कमजोर देखाउन र सवक सिकाउन पनि ओलीले लीलालाई अगाडि सारेको चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ ।


सम्बन्धित समाचार