Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इयुले नेपाललाई २८ करोडको सहायता उपलब्ध गराउने

काठमाडौँ । कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली सङ्घ इयुले रु २८ करोड २० लाख बराबरको मानवीय सहायता परिचालन गरेको छ ।
महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै इयुले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तबासमा रहेका बिरामी ‘टेलिहेल्थरटेलिमेडिसिन’ बिरामीलाई कुन अस्पतालमा लैजाने भन्नेबारेमा तत्काल सल्लाह दिनेलगायत सेवाका लागि उक्त रकम परिचालन गरिएको ब्रसेल्सस्थित सङ्घको प्रधान कार्यालयले जनाएको छ । सहयोगस्वरुप प्राप्त रकमबाट अक्सिजन सिलिण्डर, अक्सिजन सङ्केन्द्रक, घरेलु उपचार सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, ‘एन्टिजेन’ परीक्षण साधन खरिद एवं आपूर्ति गरिनेछ । यसैगरी सङ्घको सदस्य राष्ट्र फिनल्याण्डले शल्यचिकित्सामा प्रयोग हुने २० लाखभन्दा बढी ‘मास्क’, तीन लाख ५० हजार एफएफपीटू मास्क, ५२ हजार ५०० जोर पञ्जा र ३० हजार थान एकान्तबास पोशाक नेपाललाई प्रदान गर्ने जनाइएको छ ।


सम्बन्धित समाचार