Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ईतिहासै रच्ने भयो हामा्र बैठकले तर बिना निष्कर्ष : गुरु घिमिरे

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरका नेता गुरु घिमिरेले संसारका कीर्तिमान भंग हुनेगरी पार्टी केन्द्रीय कार्यसमिति बैठक लम्बिएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित विशेष महाधिवेशन पक्षधरको भेलामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीले सबैभन्दा लामो बैठक जम्मा २३ दिन बैठक बसेको उल्लेख गर्दै आफ्नो पार्टीको बैठक भने डेढ महिनासम्म चल्दा पनि निष्कर्ष निस्कन नसकेको बताए ।

संसारमा सबैभन्दा लामो बैठक चिनियाँ कम्युनिस्ट पार्टीको बसेको रहेछ । जम्मा २३ दिन । हाम्रो डेढ महिना पुग्दैछ, घिमिरेले भने, संसारका कीर्तिमान हामीले भंग गरेर केन्द्रीय कार्यसमितिको बैठक बसिसक्दा पनि असोज २८ गते सुरु भएको बैठक, आज महिनाको हिसाबले त असोज, कात्तिक, मंसिर महिना गणना गर्दा त तीन महिना र दिन हिसाब गर्दा डेढ महिना बस्दा पनि हामी निष्कर्षमा पुग्न सकेका छैनौं ।

बल्लतल्ल अहिलेसम्म निर्वाचन आयोगमा पार्टी दर्ता गराउन मात्रै सफल भएको उनको भनाइ छ । बल्लतल्ल हामीले निर्वाचन आयोगमा पार्टी दर्ता गरायौं । त्यसपछि निर्वाचनमा भाग लिने भयौं, घिमिरेले भने ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि ९बिहीबार० बस्ने भनिएको छ । तर, भोलिको बैठक पनि सर्ने हल्ला भएको उल्लेख गर्दै पार्टीमा बैठक बस्ने भन्दा सर्ने हल्ला नै सावित हुँदै आएको बताए ।

भोलि बैठक बस्ने भनिएको छ । सर्ने हल्ला पनि छ । सर्ने हल्ला नै सत्य हुन्छ । गर्ने हल्ला भन्दा सर्ने हल्ला नै सत्य हुन्छ । आजसम्म गर्ने हल्ला सत्य भएको छैन ।


सम्बन्धित समाचार

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल