Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ईश्वरको अधिकार खोस्दै भयो मन्त्रिपरिषद् पुनर्गठन , पौडेलले अर्थ सम्हाले, ३ नयाँ मन्त्रीको प्रवेश

काठमाडौं । एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठनमा आफ्ना भित्रिया मानिएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको पद खोसिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिमण्डल पुनर्गठनमा उनको नाम मन्त्रीको रुपमा समावेश छैन । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ ।
सत्तारुढ नेकपाका सचिवालय सदस्य पोखरेलले मन्त्रीका रुपमा गरेको कामकारबाहीको विषय पटक पटक विवाद तानिएको थियो भने उनको कार्यशैलीका कारण सेनासँग समेत सम्बन्ध बिग्रिएको टिप्पणी हुने गरेको थियो । उनको मन्त्री पद खोसिएसँगै रक्षा मन्त्रालय प्रधानमन्त्री आफैले राखेका छन् । यस्तै ओली सरकारमा ३ नयाँ अनुहारले प्रवेश पाएको छ । जसमा महासचिव विष्णु पौडेलले अर्थ, नेता गोपालमान श्रेष्ठले सहरी विकास र लिलानाथ श्रेष्ठ महिला बालबालिका तथा जेष्ठ नागरिकको मन्त्री बनेका छन् । महिलामन्त्रीको भूमिकामा रहेका पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी दिइएको छ ।


सम्बन्धित समाचार