Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ईश्वरलाई कसले हरायो ?

काठमाडौं । आफ्नो तालाचाबी बलियो बनाउनु पराईलाई दोष नदिनु भन्छन् । तर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यस पटक चुनाव हार्छु भन्ने सोचेनन् । ०७४ सालको चुनावमा वाम गठबन्धन हुनु र काँग्रेसका डा. प्रकाशशरण महत जस्ता कमजोर पात्र काँग्रेसले अगाडि सार्नु ईश्वरको विजय थियो । तर उनी चुनाव जितेको भोलिपल्टबाट माओवादीविरुद्ध लागेका थिए । ओम्नी, हुकाम, बतास, थामसेर्कुका पक्षधर उनी भए । आफू नपाउँदा विधि, प्रक्रिया, पद्दतिको कुरा गर्ने ठाउँ पाएपछि थकाई मार्ने काम उनले गरे । केपी ओलीलाई राजा बन्न प¥यो थपडी बजाउने नेतृत्वमा ईश्वर पुगे । पार्टी फुटाउन साथ दिए । उपप्रम तथा रक्षामन्त्री बन्दा ईश्वरले गरेका निर्णय, ठेक्कापट्टाका कुराले आफूले कमाई गर्न सके जनताले कुनै सेवा सुविधा नेकपाको तर्फबाट पाएन । कामनपा ३ का दिपक केसी निर्वाचन परिचालन कमाण्डर बनेका थिए । उनलाई ईश्वरले कोरोना कालमै भड्काएका हुन् । कोरोना कहरको पीडामा पनि कमाई गर्ने हिम्मत उनमा भयो । उनको सहयोगी भनेका माफिया र तस्कर बने । कुनै बेला मनमोहन अधिकारीको संसदमा गर्ने संबोधन पत्र दरबार र भारतलाई बुझाएर आफूले कमाई गरेका तीनले आफ्ना लागि राष्ट्रिय स्वाभिमान भनेको कमाई नै देखेका हुन् । कमिशन र घुसखोरीमा गोदवा पाएका पोखरेलसँग जोडिएका बतास, ओम्नी, थामसेर्कु, यति होल्डिङ्सको सम्बन्ध पनि चुनाव प्रचारको कारक भयो । त्यसको प्रतिवाद कसैले गरेन । स्थानीय चुनवामै टिकट वितरणमा पोखरेलको नियति थन्कियो । हिजो उनलाई सघाएका शुभेच्छुकहरूसँग टाढिएका पोखरेलसँग कार्यकर्ता शुभेच्छुक सम्बन्ध गाउँको सामन्तको घरमा कथित दलित गए जस्तो शैली अँगाल्दा पनि बिगा¥यो । राज्य श्रोतबाट करोडौं खर्चेर आफ्नै निवासको व्यक्तिगतको लगानीमा लगाइएको पर्खाल जस्तै साङ्ला खोलाले घर घडेरी बिगारेका उनकै मतदाता जनताले तटबन्धन पाएनन् । पोखरेलका सारथी हुन् जसले सक्यो उसले पनि गुठीकै सम्पत्ति लुड्याएको देखियो । दिपक निरौलासँग जोडिएको सहकारी र स्कुलसँग जोडिएको कुरा पनि छन् । त्यसको उजुरी बुढानिलकण्ठ नगरपालिकामा छ । तर त्यहाँ एमाले नेतृत्व भएकाले छानविन भएको छैन । अपराधीको संरक्षक बन्न जसले सक्छ उसले पैसा कमाउँछ । तर उसको राजनीतिक स्थायित्व समाजले पचाउन सक्दैन । पोखरेलका लागि संघीयता, गणतन्त्र, समावेशीताको अर्थ थिएन । केपी ओली जस्तो फटाहा र दुष्ट चरित्रको चित्त बुझाउन पनि सहज थिएन । तैपनि पोखरेल चुनावमा प्रतिस्पर्धा गर्न तम्सिए प्रतिस्पर्धामा पराजित भए । एमालेको रेकर्डले उनी चुनाव जित्नेमा थिए । अब हिजोको गठबन्धन उल्टियो । राप्रपालाई केपीले आफ्नो ठाउँमा च्यापे, ईश्वर पारखेलले पनि च्यापेका भए चुनावै जित्ने अवस्थाको आधार हुन्थ्यो । माओवादी नै सो क्षेत्रमा निर्णायक छ भन्ने कुरा यस पटकको चुनावमा काँग्रेसले पनि देख्यो । काँग्रेसका उम्मेदवार प्रदीप पौडेल राजनीतिक ढंगले उत्रिए । प्रदेशका श्याम खड्का पार्टीकै क्षेत्रीय सभापति थिए । प्रदेश (क) का भैरव सापकोटाको क्षेत्र पूर्व दरबारिया र राज खान्दानी भन्दै गर्दा त्यही दरबारीयाबाट काँग्रेस पराजित हुनु पर्ने थिएन । त्यो प्रदेशमा राप्रपाका पनि युवा उम्मेदवार नै निर्वाचित भए । स्थानीय निर्वाचनमा मातेको काँग्रेसले एमालेसँग थोरै मतले थन्कँदा गठबन्धन गर्न तयार माओवादीसँग झुक्नु पर्ने अवस्था अबको राजनीतिमा देखियो । यस पटक माओवादीले काठमाडौं ५ मा कुनै दाबी गरेन । घण्टीका उम्मेदवार कमजोर भए त्यो क्षेत्रमा स्वतन्त्रका नाममा धेरै प्रतिस्पर्धी भए । तीमध्ये अधिकांश हिजो एमालेलाई सघाउने नै थिए । तिनैको असहयोग पार्टी विभाजन, दीपक केसीहरूको सक्रियता आफ्नै पार्टीमा दाशहरूको बाहुल्यताबाट ईश्वरलाई जनताले आराम गर्न पठाए । एमालेका धनी नेतामा उनी पर्छन् । मौका पाउँदा राज्यस्रोतको दोहन उनले गरेकै हुन् ।