Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विस्तारै उकालो लागेको कोरोना संक्रमणको ग्राम सोमबार नराम्रोसँग उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५६८ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या आइतबारको तुलनामा २२१ जनाले बढी हो । आइतबार दुई संक्रमितको ज्यान गएको थियो । २४ घण्टामा भएको कुल चार हजार ८०० नमुना परीक्षणमा सो संख्यामा संक्रमण पाइएको हो । जसमध्ये तीन हजार ८४ पीसीआर परीक्षणबाट ४५३ जना र एक हजार ७१६ एन्टिजेन परीक्षबाट ११५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या पाँच महिनापछि यति पुगेको हो । यसअघि फागुन ५ गते देशभरमा ५७० जना कोरोना संक्रमित थपिएका थिए । सोमबार थपिएका संक्रमितमध्ये काठमाडौंका २४२ जना, ललितपुरका ३६ जना र भक्तपुरका १७ जना रहेको मन्त्रालयले जारी गरेको तथ्यांकमा छ । एक दिनमा संक्रमणका कारण एक जनाको निधन भएको छ । साउन लागेयता पाँच जनाले कोभिड १९ संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यसैगरी, सोहि अवधिमा ९५ जनाले कोरोना संक्रमण जितेका छन् । हाल नेपालमा तीन हजार ५३४ जना सक्रिय संक्रमित छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल