Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उच्छृङ्खल तीज गीतले बढावा पाईरहेका छन्

  • जनक रावल, युवा सर्जक

युवा सर्जक जनक रावलले पत्रकारिता तथा आमसञ्चारमा स्नातक र राजनीतिशास्त्र एवं इतिहासमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । सयभन्दा बढी गीत सिर्जना गर्नुभएका उहाँका केही समय पहिले ‘खाटा बसेको घाउ’ उपन्यासकृति सार्वजनिक भएको थियो । अछाम, बर्दियाका स्थानीय वासिन्दा श्रष्टा जनक रावलको शब्द तथा संगीतमा तीज गीत ‘तीज आयो साथी संगी’ को अडियो, भिडियो सार्वजनिक भएको छ । स्कुले जीवनमा पनि उहाँको सिर्जनाले महत्व पाउने गरेको थियो भने एसएलसीपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं प्रवेशसंगै उहाँले लेखन कार्यलाई निरन्तरता दिंदै आज यो क्षेत्रमा पृथक पहिचान बनाउन सफल हु्नुभएको छ । नजिकिदै गरेको नारी पर्व तीज र गीतसंगीतको बारेमा श्रष्टा रावलसंग ताजाखबर साप्ताहिकको लागि गरेको कुराकानीः

० तीज आयो हैन त ?
यसपालीको तीज भदौ ७ गते हो । आईसकेको छैन, तीज लागेको चाही हो ।

० तीज आयो साथी सङ्गी भनेर ल्याईसक्नुभयो त ?
अ ! यहि गएको शुक्रबार मात्र ‘सुशिला बस्लेत तिमिल्सिना’ युटूव च्यानलबाट रिलिज भएको हो । नेपाली नारीहरूको एक महान चाँड हरितालीका तीज पुरानो परम्परा हो । पहिले पहिले कतिपय नारीले निराहार भनेको पानी समेत नपिईकन अविवाहिताले राम्रो श्रीमान पाउँ र विवाहिताले मेरो श्रीमानको आयु निकै लामो होस् र म सधैं मेरा श्रीमानको सेवा गरेर बस्न पाउँ भनेर व्रत बस्ने, गाउँघरका दिदिबहिनीहरू जमघट हुने र नाँचगान गरेर मनाउने एउटा आस्था र विश्वासको पर्व हो । आजकल तीज आउनुभन्दा करिव एक महिना अगावै तीजको माहौल तातीसक्छ । आज एउटाकोमा, भोली अर्काकोमा, अनि पर्सि पार्टी प्यालेसमा…यस्तै गरि तीज आउने दिनसम्म व्रत बस्ने र नाँचगान गर्ने चलन छ अचेल । त्यही भएर अलि चाँडै गीत बजारमा ल्याएको हो ।

० भनेपछि तीज मनाउने तरिका बदलिसक्यो ?
तीज मनाउने तरिका बदलिएको होईन, दिदीबहिनिहरूको सोच फेरीएको हो । सबै त होईनन् तर अधिकांश अचेल पार्टी प्यालेसमा तीज मनाउँछन् । खिर, सेल, पुरीको सट्टामा अचेल मासु, वियर, वाईनले समेत ठाउँपाईसकेको छ ।

० यस्तो बदलिएको परिवेशमा तपाईले मौलीक सृजना पस्किनुभयो नि !
आपूm भाईरल हुने र केही रकम कमाउने धूनमा रितितिथि, संस्कार र चालचलनलाई मास्नुहुँदैन । आमसमाजलाई पच्ने किसिमको शब्दहरू र त्यस्को अर्थ नि उस्तै हुनुपर्दछ । शुरुशुरुमा तीज एउटा चेली चाहे ऊ माइतमा होस, वा पोईलमा होस, वा अविवाहिता होस एउटा संस्कारको रूपमा चित्रित थियो । त्यसपछिका केहि वर्षहरूमा तीज भनेको सासु र बुहारीको व्दन्व्द मात्र हो भनेर परिभाषित गर्न खोजियो । केही समय माइती जान नपाएर पोईलीले दुःख मात्र दिईरहेको चेलीमाथी चित्रण गरियो । आजभोली उच्छृङ्खल, अपाच्य प्रवृतिका तीज गीतले बढावा पाईरहेका छन् । तपाईले सुन्नुभएको छ, मैले पनि सानैदेखि सुनिरहेको छु, तीजको रहर आयो बरिलै । वर्षौ वित्यो, उस्तै छ कर्णप्रिय, सबैले रुचाएको । छाडा भएको भए उहिल्यै सबैले विर्सिसक्थे ।

० नेपालबाट अमेरीका कसरी पुग्नुभयो ?
म अमेरीका पुगेको होईन । नेलाली कला, संस्कृति, रितिरिवाज पुगेको छ । अमेरीकाको बोस्टन थुप्रै नेपालीहरूको बसोबास भएको ठाउँ हो, त्यहाँ नेपालीहरूको एउटा राम्रो सोसाईटि छ । जुन सोसाईटिले शनिबार, आईतबार र अन्य विदाका दिन नेपालीहरूमाझ भेटघाटको कार्यक्रम आयोजना गर्दछ र नेपाली गीतसंगीतका साथमा रमाईलो गरेर नेपाली कलासंस्कृतिलाई जिउँदो राख्ने काम हुन्छ ।

० यस गीतमा बोस्टन निवासी गायिका सुशिला बस्नेत तिमिल्सिनाले स्वर दिनुभएको छ, कसरी यो सहकार्य हुन पुग्यो ?
वहाँ गीत गाउनुहुन्थ्यो, वहाँका थुप्रै गीतहरू वहाँकै युटूब च्यानलबाट रिलिज गरिएका छन् । एकदिन मेसेन्जरमा मेरो साथी सञ्जय तिमिल्सिनाको एउटा मेसेज आयो, एउटा गीतको लिङ्क थियो । सञ्जय र म सानैदेखि स्कुलसंगै पढेका थियांै । उस्ले सेयर गरेको गीत सुशिला जीको थियो । अनि मेसेन्जरमा मेरो र सञ्जयको कुरा भयो, वहाँहरू श्रीमान श्रीमती भनेर थाहा पाएँ । अनि साथीले मलाई एउटा राम्रो तीजको गीत गर्नुथियो भनेर चाहना व्यक्त गरे । मेरो शब्द र लय मन प¥यो । अनि ‘तीज आयो साथी संगी’ गीत तयार भयो ।

० शब्द, संगीत, गायन सबै राम्रो छ, भिडियो पनि राम्रो बनेको छ । के लाग्छ यो गीतले नेपाली गीतसंगीतको क्षेत्रमा छाप छोड्ला त ?
हामी आशाबादी मात्र भएर हुँदैन, यो सब श्रोता र दर्शकमाथी निर्भर हुन्छ । कस्तो गीतलाई बढावा दिने, कस्तो भिडियो हेर्ने, कस्तोलाई बहिष्कार गर्ने र कस्तोलाई माया गर्ने भन्ने कुरा वहाँहरूको अधिकारको कुरा हो । जहाँसम्म यो गीतको बारेमा सोच्नुपर्दा मलाई लाग्छ शब्द र संगीतमा मैले कुनै कमि गरेको छैन, एरेन्जर भाई सन्दिप कार्कीले पनि राम्रो मेहनत गरेको छ । गायनमा सुशिला जी अब्बल हुनुहुन्छ ।

० तपाईको विगतमा जाऊ, कहिले देखि लेख्न थाल्नुभयो गीत ?
लेख्न त सानैमा स्कुले बेलादेखि नै हो । यो लेखाई यहि नै हो भन्ने थाहै नहुने बेला थियो । लेख्ने, सुनाउने, गुनगुनाउने कार्य गर्न पाउँदा खै किन किन आनन्द लाग्दथ्यो । बिस्तारै कथा, कविता, गीत, मुक्तक, सायरी केलाई भन्छन् र कस्तो हुन्छ भन्ने बुझ्दै गएपछि विधा छुट्टियो ।

० आर.जे अथवा जनक रावल वा रावल जनक के हो र को हो ?
पेशागत हिसाबले म यहि नै हुँ भन्ने छैन अर्थात विशेष पेशा छैन । पढेलेखेको एउटा पूर्ण वेरोजगार युवा भनेर तपाईले भन्न सक्नुहुन्छ । कहिले काही गीत, कविता, मुक्तक, गजलमा हराउँछु । कहिले संगीतको धूनमा हराउँछु । कहिले काही गुनगुनायर पनि आनन्द लिन्छु । केही वर्ष नेपाली सञ्चार जगतको एक अभिन्न अङ्ग भएर पहरेदारको रूपमा कार्य गरेको छु । अनि जनक रावल र रावल जनक एउटै व्यक्ति हो, आर.जे. पनि उहि व्यक्ति हो ।

० कस्का लागी लेख्नुहुन्छ ?
सर्वप्रथम त आफ्नैं सन्तुष्टिका लागी हो । साथ साथैं समाज, राष्ट्रका लागी पनि हो ।

० गीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?
ठयाक्कैं यहि हो गीत भनेर परिभाषा गर्न गा¥हो हुन्छ होला । यो कहिले काल्पनिक भाव पनि हुन सक्छ । यो कहिले जिवनको पाटोसंग मेल खाने यथार्त पनि हुन सक्छ । यो कहिले प्रकृति विषेश हुन सक्छ । यो प्रेम, राग, द्वेश, ईष्र्या, उत्पति, विपत्ति र अन्त्य पनि हुन सक्छ । जुन रूप विषेश भए पनि यो जीवन्त हुन्छ ।

० कस्ता गीत लेख्न बढि रुचाउनु हुन्छ ?
यस्तैं भन्ने छैन । तर मेरा गीतहरूमा देशप्रेम, सामाजिक चेतनामुलक, बालबालिका विषेश, माया पीरतिका भावका… । सबैं किसिमकामा मन जान्छ ।

० जीवन र गीत के हो ?
जीवन संघर्ष हो, एउटा यात्रा हो । सुख दुःख, पिडा रोदन, हाँसो खुशि, सफलता असफलता, घाम छायाँको एउटा चौंतारी हो । एउटा समिश्रण हो । त्यहि जीवनको भोगाईको एउटा अहम पाटो गीत हो । जस्ले जीवन प्रस्तुत गर्दछ । जस्मा जीवन प्रस्तुत गर्न सकिन्छ ।

० गीतको आत्मा केलाई मान्नु हुन्छ ?
गीतको आत्मा भाव हो । प्रस्फुटन… । जब शब्द, शैंली, त्यसमा संगीत र गायकीले रश भरेपछि त्यसले गीतको आत्मालाई न्याय दिन्छ ।

० पछिल्लो समय बजारमा आएका गीत कस्ता छन् ?
समय बदलिएको भन्ने कि गीत संगीत बदलिएको भन्ने । तर आज छाडा गीतहरू बढि चर्चित छन् । अनि एकफेर बजारमा आईसकेका गीतका लय, भाका चोरी गरेर वाह वाह बटुल्ने कामहरू भैरहेका छन् ।

० गीत लेखेर पाईने र नपाईने के हो ?
गीत लेखेर पाईने सबैंभन्दा ठूलो कुरो आत्मसन्तुष्टि हो । गीत लेखेर आज जुन पैसा कमाउन गीरोह लागेर काम गर्दैछ, त्यो गलत बाटो हो । गीत लेखेर पैंसा कमाउन सकिदैंन ।

० हामी विश्व गीत संगीतको दाँजोमा कहाँनेर छौं ?
आज आईटि टेक्नोलोजिको माध्ययमले गीत संगीतको पहुँच बढाएको छ, तर भाषिक समस्या र प्लेटफर्मको अभावले हाम्रो क्षेत्र अघि बढन सकिरहेको छैंन । केहि सिमति कलाकारहरूले स्टेज पाईरहेका छन् र पनि यहि क्षेत्रमा मात्र लागेर समाजमा जिवन गुजार्न अप्ठेरो छ ।

० हिजो र आजमा के फरक देख्नुभयो यो क्षेत्रमा ?
खासैं नौंलो केहि देखिएन । आजभोलि संस्कार हराउँदैं गएछ । पहिले यो क्षेत्रमा बाँच्न गाह्रो भएपनि सम्मान र संस्कार थियो । योगदानको कदर हुन्थ्यो, योग्यताको कदर हुन्थ्यो, उमेरको कदर हुन्थ्यो । तर अहिले छाडापन र संस्कारहिन पुस्ता भित्रिदैं गएको रहेछन् । यहाँ तपाई पैंसा खर्च गर्न सक्नुहुन्छ, एउटा गीत चलाउनुस् तपाई बरिष्ठ गीतकार भैंहाल्नुहुन्छ । राम्रो सृजना दिनुपर्दैंन, योगदान पनि चाहिदैंन । अहिले बलिउडमा जुन स्क्यान्डल चलिरहेको छ, त्यो भन्दा खतरा नेपाली गीत, संगीत, चलचित्र क्षेत्रमा सुक्ष्म तवरले चलिरहेको छ । राम्रो हुनुको सट्टा झन बिग्रिदैं गएको छ, भविष्य झन खराब देख्छु म ।

० गीत संगीत क्षेत्रमा रहेका गुटउपगुटलाई कुन रूपमा लिनुहुन्छ ?
एकदम नराम्रो रोग हो । क्षेत्रको प्रगतिको बाधक हो । सहि सर्जक, सृजना, स्रष्टाको शोषण र दुरूपयोग हो ।

० हामी कहाँ भईरहेका गीतसंगीत सम्बन्धि अवार्ड र अवार्ड प्राप्त गरिरहेका गीतसंगीतका बारेमा तपाईको धारणा के छ ?
राम्रो कार्य हो, यस्ता कार्यले एउटा उर्जा प्रदान गर्दछ । सहि मुल्याङ्कन हुनुपर्दछ । गुटउपगुटले प्रभाव पार्नु भएन । निश्पक्ष तवरले आयोजकहरूको आफ्नो कोष छ भने त्यसबाट रकम खर्च गरेर र विभिन्न व्यवसायिक उत्पादनहरूको विज्ञापन प्रायोजन वापतको रकम सङकलन गरेर यस्ता कार्यक्रमहरू गरिदा राम्रो । हैंन भने कतिपयले अवार्डको किनबेच गरिरहेका हुन्छन्, जुन विकृतीले राम्रो सृजना र राम्रो स्रष्टाको हत्या हुन सक्छ ।

० एउटा स्रष्टाका रूपमा वर्तमान देशको अवस्थालाई कसरी हेर्नुहुन्छ ?
अहिले स्रष्टाहरूको आफ्नैं गुटउपगुट मात्र नभैं राजनीतिक दलहरू पनि छन् । राज्यले अझ भन्नुपर्दा सरकारमा रहेका राजनीतिक दलहरूले आफु निकट स्रष्टा, कलाकारलाई पदवी, तक्मा लाईदिएर अल्झाईएको देखिन्छ र स्रष्टाहरू तिनैं पदवि र तक्माको प्रलोभनमा परेका देखिन्छन् । आफु आश्रित क्षेत्रको लागी डटेर लाग्नुपर्ने स्रष्टा, कलाकारहरू रुमल्लिरहेका देखिन्छन् । तपाई हेर्नुस न, कलाकार संघ, संगीतकार संघ, निर्माता संघ, निर्देशक समाज, गीतकार संघ, प्राविधिक संघ, चलचित्र विकास वोर्ड लगायत थुप्रंै संघ संगठनहरू छन् तर आफु आबद्ध क्षेत्रको उत्थानको लागी एकजुट भएर अघि बढ्न सकेका छैंनन् । यो मेरो आरोप हैंन फेरी, मेरो अध्ययनले मलाई बोल्न बाध्य बनाएको हो ।

० यो क्षेत्रमा आउन लागेका नयाँ पिढीलाई कस्तो सल्लाह दिनुहुन्छ ?
पेशागत तवरले यही क्षेत्रबाट जीविकोपार्जन गर्छु भनेर आउनुहुन्छ भने धेरैं गा¥हो छ । केहि गर्छु, आफ्नो सन्तुष्टिको लागि, समाज र राष्ट्रको लागी भन्नुहुन्छ भने राम्रो ।

० दर्शक श्रोतालाई के भन्न चाहनुहुन्छ ?
धेरैं कुरा भनिसके । यी कुरालाई मनन् गर्नु नगर्नु वहाँहरूको कुरा हो । गैंरकानुनी तवरले बुस्टको नाममा भैंरहेको बिदेशी मुद्राको अपचलन र अबैंधानिक कमाई बारे बुझ्ने, अनुसन्धान गर्ने, कारवाहि गर्ने नगर्ने राज्य प्रसासनको कुरा हो । दर्शक श्रोतालाई मेरो अनुरोध छ, तपाई जहाँ भएपनि एक न एकचोटि फेसबुक, टिकटक, युट्युब पक्कैं चलाउनुहुन्छ, हेर्नुहुन्छ, चाहे डाटा लिएर होस, चाहे वाईफाई, फ्री वाईफाई होस । घरमा वा घर बाहिर टेलिभिजन हेर्नुहुन्छ, रेडियो एफएमहरू सुन्नुहुन्छ । हेर्दा र सुन्दा राम्रा, मिठा, अजम्बरी, कालजयी सृजनालाई प्राथमिकता दिनुस । राम्र सिर्जनालाई माया गर्नुस, यो क्षेत्रलाई माया गर्नुस, राम्रा स्रस्टाका सृजनालाई सम्मान गर्नुस ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल