Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उदयपुरमा भेटियो १२ जनामा कोरोना संक्रमण

काठमाडौं । प्रदेश एकमा कोरोना भाइरस संक्रमित भेटिएको छ । उदयपुरको मस्जिदमा रहेका १२ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। प्रदेश एकको सामाजिक विकास मन्त्रालयका अनुसार त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा रहेकाको स्वाब परीक्षण गर्दा कोरोना १२ जनामा पोजेटिभ पाइएको हो । मस्जिदमा केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मी सहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना संकलन गरेका थिए । उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो । सबैको रिपोर्ट पोजेटिभ भेटिएको छ ।


सम्बन्धित समाचार