Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उद्दारका नाममा लूट नमच्चाउन काँग्रेसको चेतावनी

काठमाडौं । राष्ट्रिय ध्वजाबहक नेपाल एयरलाइन्सलाई ग्राउन्डेड गरेर राखिएको छ । विदेशमा अलपत्र परेकालाई हिमालयन एयरलाई धमाधम बोकिरहँदा पनि नेपालका मन्त्रीहरुको आँखा खुल्दैन । त्यति मात्र होइन सामान्य अवस्थामा भन्दा चार गुणा बढी भाडा लिएर नेताका आसेपासेका ट्राभल एजेन्सीमार्फत् चार्डर उडान गरिएको छ र भनिएको छ विदेशमा अलपत्ररकोहरुको उद्दार । यो कसरी उद्दार भयो ? राज्यले लुट मच्चाउने अनि नगारिकको उद्दार हुन्छ ? यही बेला नेपाली कांग्रेसले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै विदेशमा अलपत्र नेपालीहरूलाई निःशुल्क उद्धार गर्न सरकारसँग माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै उद्धारको दायरालाई फराकिलो पार्दै निस्शुल्क गर्न माग गरेका हुन्। त्यसरी उद्धार गरिएका नेपालीलाई सरकारी खर्चमै क्वारेन्टिनमा राखेर पिसिआर परीक्षण र गाउँसम्म पुर्‍याउने प्रवन्ध मिलाउन विज्ञप्तिमा माग गरिएको छ। सरकारकव पछिल्लो निर्णयले विदेशमा अफ्ठ्यारोमा परेका नेपालीलाई उद्धार गरे पनि मानवीय भावनाभन्दा व्यापारको मस्तिष्क धेरै खपत भएको कांग्रेसको आरोप छ। एक त चार्टर्ड फ्लाइटको महंगो टिकट काट्नुपर्ने, अर्को होटल, क्वारेन्टिनमा सात दिनको खर्च व्यहोर्नुपर्ने, पिसिआर आफैं गर्नुपर्ने र गाउँसम्म पुग्न आफैं खर्च गर्नुपर्ने अवस्था छ, विज्ञप्तिमा भनिएको छ, अनुकूल अवस्थामा देशमा रेमिट्यान्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकूल बेलामा सरकार किन गर्दैछ वर्ग शत्रुको व्यवहार । छ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर्ड फ्लाइटको टिकट खरिद गर भन्नु कति जायज र न्यायोचित नभएको कांग्रेसले जनाएको छ। मन्त्रिपरिषदको पछिल्लो बैठकले तीन घन्टा उद्धार फ्लाइट गर्ने निर्णय गरेको थियो। यो समय एकदमै न्यून र उद्धारको कछुवा गतिभित्र पीडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय नदेखिएको कांग्रेसको भनाइ छ।