Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उद्धारमा खटिएका सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई १० लाख राहत

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

मन्त्रिपरिषद्ले उद्धारका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ।

गृह मन्त्रालयको प्रस्तावमा भएको निर्णयअनुसार खोज तथा उद्धारका क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।

सरकारले बाढीपछि जोखिमपूर्ण अवस्थामा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीको योगदानलाई ध्यानमा राख्दै उनीहरूको सुरक्षा, उपचार तथा परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार :

  • खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराइने।
  • उद्धारमा खटिएका कर्मचारीलाई खाजा खर्च उपलब्ध गराइने।
  • उद्धारका क्रममा घाइते भएमा निःशुल्क औषधि उपचार गराइने।
  • उद्धार तथा खोजीका क्रममा मृत्यु भएमा मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने।