Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उधारो शिरोमणी कति बन्छौ केपीज्यू ?

आफ्नो स्वार्थको निम्ति जो संग जस्तो सुकै संझौता गरेर सत्ता को ढलीमली गर्दा नत त्यहाँ पार्टीको सिद्धान्त हेरिन्छ नत विचारको ख्याल गरिन्छ । तत्कालिन एमालेमा नेताहरु विचको लेनादेना गर्दा पनि सिद्धान्त र विचारलाई कहिलै वास्ता गरिएन । अहिले ओली को चरित्रसित मिल्न पुगेका पुष्पकमल दाहालले पनि सिद्धान्त र विचारलाई पनि महंत्व दिने अवस्थै भएन । पार्र्टी एकता गर्दा यी दुई शक्ति ले सिद्धान्न विचार कार्यक्रम कार्यदिशा भावी योजना तत्कालिन योजनालाई वास्ता नगर्दा एकीकृत पार्टीको वर्तमान संरचना जहाँ हेर्यो त्यहाँ प्वाल भएजस्तो अवस्था छ । संविधानमा के लेखिएको छ प्रधामन्त्रीलाई चासो छैन विधानमा के लेखिएको छ पार्टी अध्यक्षलाई ख्याल छैन ।

देवत्वकरणमा रमाउने भ्रष्टहरुलाई समाउने नियुतीहरुमा पार्टीलाई वास्ता नगर्ने ३ वर्षसम्म निरन्तर सरकारका निती तथा कार्यक्रमहरु एकै प्रकारका प्रस्तुत गर्ने प्रवृति नेपाली संसदमा यस भन्दा अगाडी कहिलै भएको थिएन । पार्टी कार्यकर्ताको भावना माथि खेलवाड गर्न सफल भएको डबल ने.क.पाको नेतृव्ले गुटको खेती गर्दा चमत्कारी निर्णय गर्न सकेन । केही काम भएजस्तो दखिएपनि कमीशन र एजेन्टहरुको स्वार्थमा भएका छन् । दुईपार्टीको एकतामा एकले अर्का प्रति शंका गर्ने प्रवृति वढ्रदै जादाँ यती खेर अध्यक्ष तथा प्रधान मन्त्री ओलीलाई सचिवालय भित्र पनि विश्वस्थ हुन सक्ने बातावरण बनेन । जुन सचिवालयमा ओलीलाई परमेश्वर ठानेर कोरोना कहरमा लुट मच्चाइरहेका इश्वर पोखरेलहरु पनि रहेका छन् । संगठन भन्दा माथि ओली छन् उनलाई नत अनुसासन लाग्छ नत सरकारकै नियम कानुनहरु लाग्दछन् । तिलस्मी पाराले जनता उराल्लन सजिलो छ । अबको स्थितीमा जनतालाई गुहार्यो भने पनि आउने वाताबरण छैन ।

किनकी ओली जस्तो कपटी नेताले पदपाएकोमा गर्भ गर्छन र माधव, प्रचण्ड, र बामदेव जस्ता कुर्चीको भोकमा डुबेका मनुवाहरुलई लर्ताछन्। हिजो उनीहरु सबैले हन्डर खाएका हुन चुनाब हार्ने र जित्ने पार्टी फुट्ने र जुट्ने गुट बन्ने र तहसनहस हुने भएकै थिए । तर उनीहरुमा राजनिती चरित्र देखिएन । उदारो तमसुक गर्न पदको आशा देखाएर अरुलाई हिस्स पार्ने खुबी भएका प्रधानमन्त्री ओलीलाई पार्टी पनि चाहिएको छैन कार्यकर्ता पनि जरुरी छैन संगठनको त के कुरा । स्पष्ट राजनीतीक दृष्टिकोण नहुदाँ तत्कालिन एमाले र माओवादीको आत्मीय एकता भएको थिएन ।

उनीहरुले चुनाबमा ६०।४० को भाग लगाएर उमेद्धवार दिए । जनताले चाहेको बाम शक्तिको एकता र बहुमतको सरकार थियो त्यो पुरा भएपछि ने.क.पाको नेतृव्वले पद र कुर्चीलाई प्राथमिकता दियो। देशको आवश्यकतालाई चासो राखेन । त्यही कारण अहिलेको यो माहामारीमा पनि नेकपाले जनता र पार्टी कार्यकर्तालाई विश्वासिलो आधार मान्न सकिरहेको छैन । इमान्दारीता एकता प्रतिको भावना बैचारी एकता र सिद्धान्तको खडेरी लाग्नुको कारण यही हो । सत्ता को आडमा राज्य कोष लुटेर गुट बनाउन सफल उदारो शिरोमणीको सेवक जो बन्छ उसले लुटेकै छ । त्यही लुटलाई आफ्नो पक्षमा पार्न जनताले नपत्याउदाँ समेत बारम्बार ओलीसंग पदको लोभ देखाउने बामदेव गौतमलाई समेत कार्यकर्ता र पार्टीको महत्व भएन ।