Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपचारका लागि दिल्ली हिँडे बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली हिँडेका छन् । बाबुराम नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली उडेका हुन् । उनलाई ट्युमरको आशंका गरिएको छ। उहाँको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आउनुभएको थियो, सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उहाँ दिल्लीमा त्यसको उपचारका लागि जान लाग्नुभएको हो। दिल्लीमा उहाँको उपचार, इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसुमा हुनेछ।
उपचारको क्रममा बाबुरामको बसाई त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ। बाबुरामसँगै उनकी पत्नी हिसिला यमी र उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे दिल्ली यात्रामा हुने उनको सचिवालयले जनाएको छ। नेकपाका नेता झलनाथ खनाल उपचारपछि हिजोमात्र स्वदेश फर्केका छन्। खनाल माघ ३० गते नयाँ दिल्ली प्रस्थान गरेका थिए।