Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपचारपछि साउन २६ गते स्वदेश फर्कँदै शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि साउन २६ गते स्वदेश फर्किने भएका छन्।

देउवा हाल हङकङमा रहेका छन्। उनी साउन २६ गते राति ९:४५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको देउवानिकट नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

स्वास्थ्य उपचारका लागि देउवा यसअघि सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि उनी हङकङ पुगेका थिए। उपचार प्रक्रिया पूरा भएपछि उनी स्वदेश फर्किन लागेका हुन्।

देउवाको स्वदेश आगमनसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ। पार्टीका विभिन्न संगठनात्मक विषय, समसामयिक राजनीतिक घटनाक्रम तथा आगामी रणनीतिबारे देउवाले स्वदेश फर्किएपछि नेताहरूसँग छलफल गर्ने तयारी रहेको बताइएको छ।

I prefer this response