Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपत्यकामा चल्न थाले सार्वजनिक बस

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि सार्वजनिक बस चल्न थालेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका हुन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले २५ भन्दा धेरै सिट भएका सार्वजनिक बस आजदेखि जोर(बिजोर प्रणालीमा सञ्चालन गर्न दिने गरी उक सातालाई निषेधाज्ञा थप गर्ने निर्णय गरेका थिए ।
उक्त निर्णय अनुसार २५ भन्दा धेरै सिट भएका सार्वजनिक बसहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुन पाउनेछन् । बसमा आवश्यक स्वास्थ्य सुरक्षाका व्यवस्थासमेत मिलाउनु पर्नेछ ।
कोरोना भाइरस को संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै सार्वजनिक सवारी साधन सञ्चालन हुन पाएका थिएन ।काठमाडौं उपत्यकामा निजी सवारी साधन भने यसअघि नै जोर(बिजोर प्रणाली अनुसार नै सञ्चालनमा आइसकेका छन्


सम्बन्धित समाचार