Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले सरकारी निवास छाडेका छन् । बिहीवार पुन उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका हुन् । चुनावबाट नयाँ उपराष्ट्रपति आउने निश्चित भएपछि उनी निजी निवासमा सरेका हुन । उनी उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।
शुक्रवार उपराष्ट्रपतिको चुनाव छ । चुनावपछि नयाँ उपराष्ट्रपति आउने भएपछि पुनले निवास छाडेका हुन् । नेपालको संविधान बमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेको सन्दर्भमा उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाई सहजताका लागि उपराष्ट्रपति पुनले निवास छाडेको जनाईएको छ । नयाँ उपराष्ट्रपतिको पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण नभएसम्म पुनले निजी निवासबाटै उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने जनाईएको छ ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल