Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपेन्द्रले भट्टराईलाई खेदे !

जहाँ रहेपनि एक ढिक्का हुन नसक्ने कम्युनिष्ट आन्दोलनले खारेका नेता वरिष्ठ बुद्दिजीवी कुशल योजनाकारका रुपमा परिचीत भएपनि असफल राजनीतिज्ञ डा.बाबुराम भट्टराई जसपाबाट निकालियो । माओवादी त्यागेर कम्युनिष्ट पार्टीको औचित्य नदेखेका डा. भट्टराईलाई जनता समाजवादीबाट हटाउन उपेन्द्र यादवले केन्द्रीय समितिको दुई तिहाई समर्थन लिएका छन् । उनीहरुको टीमलाई बिहिबार नै हटाइएको छ । त्यहाँ भट्टराई समेत ९ जना परेका छन् ।

८४९ जनाको साविक केन्द्रीय समितिमध्येको दुई तिहाई यादवतिर थियो भने डा.भट्टराईको भेलामा सहभागी उनैसँग माओवादीबाट गएका बाहेकका महेन्द्र यादव मात्र देखिए । यादव हालै कृषि मन्त्रीबाट हटाइएका हुन् । उपेन्द्रसँग निउ खोजेर डाक्टर भट्टराई तर्फ लागेका इस्तीयाक राइन, प्रदीप यादव, मृगेन्द्र कुमार यादवलाई उपेन्द्रले मन्त्री पद दिएर आफै तिर समेटेका छन् ।

डा.भट्टराईलाई हटाएर संघिय परिषदको अध्यक्षमा यादवले अशोक राईलाई बनाएका छन् । जहाँ गयो त्यहाँ अल्पमत जो सँग पनि केमेस्ट्री नमिल्ने डा. भट्टराईलाई अब महन्त ठाकुर राजेन्द्र महत्तोसँगको सम्बन्ध दरिलो बनाउने अवसर जुटेको छ । तर उनका लागि सांसद बन्ने बाटो समेत छेकिने छ । मधेसका क्षेत्रीय दलहरुको पहाडमा संगठन छैन । डा.भट्टराई गोरखा जिल्लामा माओवादीसँग नमिले उपाय छैन । स्थानीय चुनावमा गोरखा माओवादीको कब्जामा परेको छ । त्यो बेला माओवादीसँग गठबन्धन गरेर नगरपालिकाको निर्वाचनमा सहभागी भएको भए अहिलेको स्थिती केहि सहज हुनेथियो तर उनले गण्डकी प्रदेशका मन्त्री हरिशरण आचार्यको भर पर्दा झन् स्थिती विग्रिएको छ ।