Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपेन्द्र र महन्थमध्ये को आधिकारिक होला

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालभित्र दुई पक्षले एक अर्कामाथि कारवाही गरेसँगै पार्टी विभाजनको सँघारमा पुगेको छ । पार्टीका दुईजना अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासन गरेका छन् । उनीहरुले निर्वाचन आयोगलाई पनि पार्टीभित्र गरिएको कारवाहीको विवरणसहित आ–आफ्नो तर्फबाट पत्र पठाइसकेका छन् । अहिलेसम्म दुवै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आएका छन् । तर कुन पक्ष आधिकारिक भन्नेबारे छिनोफानो गर्ने निर्वाचन आयोगमा भने आधिकारिकता सम्बन्धी विवाद पुगेको छैन ।​ जसपाभित्र दुवै पक्षले आफ्नो पक्षमै बहुमत रहेको दावी गर्दै आएको अवस्था छ । तर दुवै पक्षले बहुमत प्रमाणित गरेका भने छैनन् ।


सम्बन्धित समाचार