Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

काठमाडौं । चितवन क्षेत्र नं. २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठले चुनावी प्रचारमा प्रयोग गरेको गाडी तोडफोड भएको छ। बुधबार बिहान भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेजनजिकै आमा समूहको कार्यक्रममा सहभागी हुने क्रममा उनको गाडी तोडफोड भएको हो। तीनवटा मोटरसाइकलमा आएका समूहले ढुंगा हानेर गाडीको सिसा फुटाइदिएको स्थानीयले बताएका छन्। बा ३ च २०५० नम्बरको हरियो रंगको गाडीमा तोडफोड हुँदा अगाडिको सिसा फुटेको छ। प्रहरीले तोडफोडमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ। उम्मेदवार श्रेष्ठ बिहानैदेखि घरदैलोमा जुटेका छन्।