Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ऊर्जा उद्यमीलाई सुरक्षामा कुनै पनि कमि हुँदैन : श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा उद्यमीले देश विकासमा समेत योगदान गरिरहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को बिहीबार काठमाडौंमा आयोजित २४ औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । इप्पानका अध्यक्ष गणेश कार्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ऊर्जा क्षेत्रमा लगानी गर्ने बैंक तथा वित्तीयसंस्थाका प्रतिनिधिहरुलाई समेत सम्मानित गरिएको थियो । कार्यक्रमको अतिथिको रुपमा रहेका ऊर्जामन्त्री शक्ति बस्नेत, प्रमुख अतिथि नारायणकाजी श्रेष्ठले आन्तरिक खपत बढाउन सरकारले नीति निर्माण लगायतमा काम गरिरहेको समेत बताए । उनले सरकारले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा ऊर्जा क्षेत्रलाई कसरी अघि बढाउने भनेर सोचिरहेको समेत उनले जानकारी दिए । ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रले लगानी बढाउन आवश्यक रहेको उनले बताएका थिए । देशमा ऊर्जा उत्पादनको सम्भावना निकै बढेर गएकोले यसमा सरकार र निजी क्षेत्र दुवैले लगानी बढाउन आवश्यक रहेको उनको भनाइ छ । उपप्रधानमन्त्री श्रेष्ठले ऊर्जा उत्पादकहरुले व्यापार मात्रै नगरेर देश विकासका लागि महत्वपूर्ण योगदान समेत गरिरहेको उनले बताए । ऊर्जा उत्पादन गरेर व्यापार मात्रै गरेर नपुग्ने भन्दै उनले यसको आन्तरिक उपभोगको क्षेत्र बढाउनु पर्नेमा जोड दिए । उनले अब ग्रिन डेभलपमेन्टको अवधारणा लिन सके देश विकासको बाटोमा जाने पनि बताए । श्रेष्ठले ऊर्जा उद्यमीलाई सुरक्षामा कुनै पनि कमि हुन नदिने प्रतिबद्धता पनि जनाए । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा विकासमा निजी क्षेत्रको योगदान ६०र७० प्रतिशत रहेको बताए । उनले निजी क्षेत्रको माग पूरा गर्न सरकार प्रयत्नशिल रहेको र निजी क्षेत्रको माग पूरा भएपछि ऊर्जा उत्पादन बढाउन सहयोग पुग्ने पनि बताए । पछिल्लो दशकमा ८ सयबाट २९ सय मेगावाट उत्पादन क्षमता पुग्नुमा निजी क्षेत्रको सबैभन्दा ठूलो हात रहेको उनले बताए । मन्त्री बस्नेतले अबको ३र४ महिनामा निजी क्षेत्रबाट प्रवर्द्धित करिब ५०० मेगावाट थप विद्युत् प्रणालिमा जोडिने जानकारी गराए ।
निजी क्षेत्रले आफूले यति काम गर्छु भन्ने प्रतिबद्धता लिएर आए सरकारले त्यसका लागि सहयोग गर्ने पनि मन्त्री बस्नेतले प्रतिवद्धता जनाए । कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणपछि ऊर्जा उद्यमी उत्साहित भएको बताउँदै १० वर्षमा १० हजार मेगावाट विद्युत् बेच्ने सरकारको समझौता निकै स्वागतयोग्य रहेको पनि बताए । अहिले सरकारले ऊर्जा क्षेत्रमा भ्याट बढाएको जानकारी गराउँदै अध्यक्ष कार्कीले पहिलाकै दरमा कायम गर्न सरकारसँग माग गरिरहेको स्मरण गराए । अध्यक्ष कार्कीले बाढी पहिरोका कारण ३१ आयोजनामा क्षति भएको भन्दै ती आयोजनाको समस्या समाधान गर्न पनि आग्रह गर्दै उनले १० हजार मेगावाट विद्युत् उत्पादन गर्न ४६ खर्ब रुपैयाँ लगानी लाग्ने स्मरण गराउँदै यसमा राष्ट्र बैकलाई समेत ध्यान दिन आग्रह गरेका छन् ।