Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । स्वार्थका लागि देशको राष्ट्रिय अस्मिता र सार्वभौम अखण्डताको बेवास्ता गर्ने भारतीय दलालहरूकै कारण निजी क्षेत्रको ऊर्जा उत्पादकहरू रन्थनिए । भारतीय स्वार्थमा टेक एन्ड पे ल्याएको सरकार उत्पादकसँग झुक्यो । भारत हेरेको हेरेकै भयो । नेपालसँग विद्युत खरिद गर्दा चीनको लगानीका उत्पादनका विद्युत खरिद नगर्ने शर्त राखेर नेपाली उत्पादन खेर गएको हेर्ने त्यो स्वार्थ शक्ति आफ्नै जनताको शत्रु बनेको पत्तो पाएन । भारतले रोकेको अपर कर्णाली अलपत्र छ । स्वदेशकै श्रोतबाट निर्माण गर्ने भनिएको बुढीगण्डकीमा यस पटक राज्य नै दुष्ट बनेको छ । दैलेखको मिथेन ग्यासको उत्खनन् चीनको सहयोगमा भयो । भारत, चीन लगायतको विद्युत खरिद नगर्ने तर मिथेन ग्यासको प्रशोधन र भण्डार निर्माण गरेर ग्यास लैजाने दाउमा छ । उसको एकलौटी बजार भएको इन्धन पेट्रोल, डिजेल, ग्यासको भर छैन । किनकि इराक, इरानको हैकम युरोनियम भण्डारमा छ । भारतको दाउ त्यस्तै छ । नेपाल सरकारका नालयाकहरूमा देशभक्ति हुँदो हो त भारतीय दबावमा टेक एन्ड पेको अवधारणा ल्याउने थिएनन् । भारतले युरेनियमको त्यो लडाइँमा दाबी गर्न पाउँदैन र सक्दैन । तर नेपालको ऊर्जा क्षेत्रमा दागा धर्छ । नेपालकै मिथेन ग्यास आफू प्रशोधन गर्ने र नेपालालई महंगोमा बेच्ने भारतीय गाडी भिडाउने भित्री योजना उसको थियो । खाडी मुलुकको पेट्रोल, डिजेल प्रशोधन गरेर सधैं नेपाललाई शोषण गर्ने भारतीय प्रशासनमा जुन पार्टी आए पनि नेपालप्रतिको दृष्टिकोण सधैं पेलाहा नै हुन्छ । नेपालको जल सम्पदा कब्जा गर्ने र समयमा योजना सम्पन्न गर्ने भारतीय नीति आफ्ना छिमेकीसँगको सम्बन्धमा विवादित छ । मिथेन ग्यासको विशाल भण्डारले भारतीय बजारको इन्धन आपूर्तिलाई सघाउने अवस्था छ । तर प्रशोधन गर्दा नेपालले आफ्नै लगानी जुटाउनु जरुरी छ । त्यसका लागि देशभक्त प्रगतिशिल शक्तिको सरकार जरुरी हुन्छ । नेकपा एमाले अध्यक्ष केपी शर्माकै पहलमा सम्पन्न राष्ट्रघाती महाकाली सन्धिको कारण भारतले लिम्पियाधुरा, लिपुलेक, कुटियाङ्दी मात्र कब्जा गरेन महाकालीको मुहाननै फेरेर भारतीय सेना लिम्पियाधुरामा राखेको छ । भारतकै कारण अरुण तेस्रो वर्षौ अलमल भयो । अपर कर्णाली र पश्चिम सेती अलपत्र छन् भने टेक एन्ड पेको नाउमा हुने हस्तक्षेप हाललाई स्थगित भएको छ ।
काँग्रेसलाई छैन लोकलाजको डर
आफ्ना सांसद ठगीमा परुन्, ज्यान मुद्दामा फसुन्, भ्रष्टाचारमा अख्तियारले बयान लिओस् वा अदालतले दोषी नै करार गरी जेल परुन् पार्टीका पदबाट निलम्बन नगर्ने काँग्रेसी विचित्र नेपालमा छ । जहाँ विचारका कुरा, सिद्धान्त र नीतिका कुरा कम्युनिष्टहरूले छाडेका छन् भने काँग्रेसबाट के आशा गर्नृु ? पर्यटकीय भिसामा युवाहरूलाई विदेश पठाउँदा देश अनुसार पैसा कबोल गराएर भिसा स्वीकृत गर्ने सरकार दोषी छ । जहाँ प्रधानमन्त्रीलाई जानकराी नदिने कुरै हुँदैन । काँग्रेसले बालकृष्ण खाँणको नक्कली शरणार्थी प्रकरणमा डामिए पनि निलम्बन पनि गरेन । खाँणको पार्टी पद खोसेन । अफ्ताव आलम चुनाव जित्दा जुन पदमा थिए त्यो पद यथावत राखेर सांसद भएकै समयमा पक्राउ परेका थिए । चुनाव जित्न बम पड्काउन आफैंले मजदुर खटाएर बम बनाउँदा २ मजदुरको मृत्यु भयो, ५ जना घाइते थिए । ती सबैलाई उपचार नगरी इँटा भट्टामा हाल्ने काम गर्दा समेत पार्टी सभापतिले अन्याय देख्दैनन् भने नेपाली काँग्रेस कस्तो पार्टी हो उसको नेतृत्व कस्तो छ ?
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल