Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एउटै शक्तिकेन्द्रका फरक रूपहरू

  • अर्जुन ज्ञवाली

 

यो निर्वाचनबाट माओको ब्यानरमा पश्चिमाहरूले चलाउँदै आएको इसाई मिशनरीको परिणाम कम्युनिष्ट जनमतभित्र चीनको उपस्थिति भएपछि पश्चिमाहरूले नयाँ रणनीति अंगिकार गरेका छन् । विगतमा नेगेटिभ एजेन्डाभित्र माओवादको व्यानरमा आएका युरो अमेरिकी इसाई मिशनरी र पश्चिमाहरू यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेसभित्रका जेलेन्स्की मोडलका युवा नेताहरू र राप्रपा मार्फत आएका छन् । इतिहास पुरानै रूपमा दोहोरिँदैन । नयाँ आवरण र फेनामेनामा देखा पर्दछ । पञ्चायतकालमा पद्मरत्न तुलाधर र जनपक्षीय आवरणमा देखिएको इसाई मिशनरी २०४६ सालपछि एमालेभित्र एनजीओको रूपमा देखियो । यतिले नपुगेर २०५२ सालपछि माओवादको ब्यानरमा हिंसात्मक रूपमा देखाप¥यो । अहिले यो मिशन खुल्ला र छद्म दुवै रूपमा देखा परेको छ । यतिसम्मकी अब पश्चिमाहरू यो निर्वाचनको परिणाम हेर्दा वार कि पारको लडाइँमा देखिएका छन् । यो निर्वाचनमा अमेरिकन र युरोपियनहरूले ग्रासरुटसम्म आफ्नो अनुकुलको उम्मेदवार निर्वाचित गराउन भूमिका निभाए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीलाई मतदान गर्न ह्विप जारी गरेका चर्चहरूले यस पटक रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ह्विप जारी गरे । २०६४ सालको संविधानसभा निर्वाचनमा चर्च मण्डलीका अध्यक्ष डा. केबी रोकायले पत्रकार, प्रेस काउन्सिलका पूर्व अध्यक्ष भवानी बराललाई माओवादीलाई मतदान गर्नुपर्ने कारणहरूका बारेमा प्रशिक्षण दिन र माओवादीलाई मतदान गर्न देशका सबै चर्चहरूमा पठाएका थिए । गत मंसिर ४ को निर्वाचनसम्म आइपुग्दा पश्चिमाहरूले वामवपन्थीमार्फत् जसरी चर्चहरू खेलिरहेका थिए अहिले उनीहरूले त्यो धार बदलेर नयाँ आवरणमा देखा परेका छन् ।

राप्रपाको असली अनुहार
राप्रपाको समानुपातिकमा पास्टर बीना लामा एमाले समानुपातिकमा एकनाथ ढकाल राप्रपाको आधार भएका ठाउँमा अपवाद बाहेक घण्टीको नगन्य प्रभाव पञ्चायतकालदेखि इसाई मिशनरीसँग जोडिएका बुद्धिमान तामाङ राप्रपाको जनजाति समानुपातिक रास्ट्रघाती महाकाली सन्धिका मतियार पशुपतिशमशेर राणा समानुपातिकमा देखिने अपराधी भन्दा छद्म अपराधीहरू धेरै खतरापूर्ण हुन्छन् । २०२८ शालमा नयाँ शिक्षा ल्याएर पश्चिमाको एजेन्डामा बेलायती नीति निर्माता लर्ड मेकाले शिक्षामार्फत नेपालीको ढाड भाँचेका ब्वासाहरूनै अहिले नयाँ रूपमा खरानी घसेर आएका छन् । अब त बुझ्नु भयो होला हामी किन बाहिर निस्केका थिएनौ । योगि नरहरिनाथको हत्या गर्न नसकेपछि दरबारले पञ्चायत बाबा पछि बहुदलीय ब्यवस्था आएपछि उनलाई नेपाली बाबा भन्न थालियो । अहिले योगि नरहरिनाथको नाममा यस्तै जासुसहरू क्रियाशिल गराइएको छ । जब जब मैदानमा हिन्दू एजेन्डा उठ्न खोज्दछ दरबारिया आबद्ध बासबारी कार्यालय रहेको कथित सिआइए र आरएसएसका एजेण्टहरूको अखडाबाट चर्च मण्डलीको अध्यक्ष केबि रोकायलाई अगाडि सारिन्छ । यिनिहरूको कनेक्सन नयाँ तुल्सी गिरी मोडलमा देखा परेका गगन थापा, बिश्वप्रकाश शर्मादेखि रबि लामिछानेसम्म रहेको छ । गगन थापा र नरहरि आचार्यलाई त दरबारको ख्रिस्टान लबिले चलाएको कुरा गिरिजाले २०६४ शालमै बिराटनगरबाट खुलासा गरेका थिए । त्यतिबेलै गिरिजाले भनेका थिए गगन र नरहरि रोयलिष्ट हुन् र मदन भण्डारी पनि रोयलिष्ट थिए । यहाँ बाहिर देखिने र भित्री खेल फरक हुन्छ । गिरिजाप्रसाद कोइरालाले २०६४ सालमा विराटनगरमा व्यक्त गरेको यो अभिव्यक्ति अहिले पनि रेकर्डमा हेर्न सक्नुहुन्छ ।

सनातनीहरू साबधान
हामीले लामो समयदेखि हिन्दू सनातनी बौद्ध विरुद्ध परिचालित छद्मभेसिहरू विरुद्ध अभियान चलाएका थियौ । विशेष गरेर राजा राजतन्त्रको नाममा खतरनाक पश्चिमा गिरोह भारतीय आरएसएससँग जोडिएर क्रियाशिल थिए र छन् । उनीहरूले हामीलाई आफ्नो घेरामा पार्न निकै प्रयत्न गरेका थिए । हामीलाई थाहा थियो राणा लिगेसिको सेना र दरबारियाहरू सनातनी हिन्दूहरूलाइ झुक्याएर एम्बुसमा पार्ने र समाप्त गर्ने केन्द्र हुन् । यो बुझेर हामिले सिआइए र आरएसएसको नियन्त्रणमा रहेको काठमाडौं बासबारिमा रहेको उतरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ आबद्ध बिश्वहिन्दू महासङ्घको बिकल्पमा कलङकी मार्फत अभियान चलायौ । केही लोभी पापीहरू हाम्रो अभियानले बैचारिक उचाइ लिँदै गएपछि सेना र दरबारिया पश्चिमा गिरोहले बिजय गच्छदार हुँदै एउटा समूहलाई काँग्रेसमा लगेर समाप्त गरे भने काँग्रेसका पुराना नेता डा रामचन्द्र अधिकारी जसलाई नेपाली काँग्रेसका वर्तमान उपाध्यक्ष धनराज गुरुङले युनिफिकेशन चर्चको मिशनमा रातो पासपोर्टमा फसाएर बदनाम गराएका थिए । उहाँजस्तो गणेशमान, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधिजस्ता पुराना राजनीतिज्ञहरूसँग राजनीति गरेको व्यक्तित्वले पनि बाँसबारिकै आरएसएस पश्चिमा दरबारियाहरूलाइ सङ्गठन सुम्पिन पुग्नुभयो यो हाम्रो लागि अत्यन्त दुःखद् थियो । किनकि हामीले उहाँलाई लामो राजनीतिक पृष्ठभूमिको परिपक्व व्यक्तित्व भएकाले नेतृत्वको रूपमा स्वीकारेका थियौं र सम्मान पनि गरेका थियौं । व्यक्तिगत रूपमा त्यो सम्मान अहिले पनि कायमै छ । यी सबै षड्यन्त्र र घेराबन्दीबाट हामी र हाम्रो बिचार समुह अलग्गै रहेर अभियान चलाएपछि हाम्रो विरुद्ध चर्चमाकाम गरेर पछि बिद्रोह गरेर आएको नाटक गरेका र आरएसएससँग जोडिएका पात्र आगाडि सारेर दिग्भ्रमित पार्ने प्रयत्न गरियो । हामी हाम्रो अभियान र एजेन्डामा प्रष्ट थियौ र अहिले पनि प्रष्ट छौं । हामीले बैचारिक अभियानलाई निरन्तरता दिएका छौ । माओवादी भन्दा खतरापूर्ण अब राप्रपा र काँग्रेस हुनेछन् । चर्च मिशनसँग जोडिएका नेपाली काँग्रेसका युवा नेता एनपी साउदकी श्रीमती ज्योत्सना साउद विश्वहिन्दू महासंघ नेपाल राष्ट्रिय समितिमा उपाध्यक्ष बनिसकेकी छिन् । किनभने माओवादी देखिएको समूह हो तर राप्रपा र अखिल भारतीय नेपाली काँग्रेस छद्म गिरोह हुन् । पास्टर बिना लामा राप्रपाको समानुपातिकत कास्टिङ मात्र हो । यो भन्दा पहिल्यै रबिन्द्र मिश्र र मनिसा कोइराला जोडिइसकेका थिए । बुझ्नेलाई सङ्केतनै काफी थियो । सनातनी हिन्दू बौद्धहरूका लागि केहि समय अझै सङकटका दिन आउने देखिन्छ । यो अवस्थामा राजा, राप्रपा, काँग्रेस साथै राष्ट्रवाद र हिन्दूकोनाममा पश्चिमा र आरएसएस आबद्ध खोलिएका छद्मभेसी संघ–सङ्गठनदेखि साबधान रहनु होला, देखिएको दुश्मनभन्दा छद्म दुश्मन अत्यन्त खतरनाक हुन्छ । आ–आफ्नो घर, टोल, छिमेक, परिवारबाट जागरणको अभियान चलाउ । घरनै हिन्दू सनातनिहरूको पहिलो मन्दिर हो भने बाबु आमा प्रथम गुरु गुरुआमा हुन् । आफैंबाट धर्म सस्कृती संरक्षणको अभियान शुरुगरौ र आजैबाट शुरु गरौं ।

जनताले नबुझेको राजनीति
१) गगन थापा र नरहरि आचार्यलाई गिरिजाप्रसाद कोइरालाले २०६४ मा कोइराला निवास बिराटनगरबाट दरबारियाले चलाएको भने । सायद दरबारभित्रको राणाकेन्द्र प्रतिको सङ्केत होला । २) अहिलेको निर्वाचनमा घण्टीले गगन थापालाई सहयोग गर्नुको कनेक्सन कहाँ छ ? ३) गत मङ्सिर ४ गते समपन्न निर्वाचनमा चितवनमा राप्रपाका बिक्रम पाण्डेको ठाउँमा घण्टीको लहर केले रोकेछ ? ३) रूपन्देहीमा बिस्णु पौडेलको ठाँउमा आएको घण्टीको लहर राप्रपाका दिपक बोहराको ठाउँमा किन नआएको होला? झापा मकवानपुर नवलपरासी जुम्ला राप्रपाले जित्ने स्थानमा घण्टिको प्रभाव औपचारिकता बाहेक के कारण नदेखिएको होला ? चर्च मण्डलिका अध्यक्ष डा.केबी रोकायलाई पूर्ब राजाका सचिवहरूले किन भेटिरहन्छन् ? चर्चको डलर ल्याएर माओवादी हिंसामा सहयोग गरे भन्दै सगर्ब भन्दै हिड्ने केबि रोकायलाई दरबारिया र उतर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ समेत जोडिएको बासबारी काठमाडौमा कार्यालय रहेको कथित बिश्वहिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितीसँगको सम्बन्ध केको लागि होला ? नेपालीमा उखान छ आफैं धामी आफंै बोक्सीभने जस्तै अहिले घण्टी राप्रपाको भोट घटाउन उठाएको हल्ला किन गराइएको होला ? ४) चितवन घटनामा रबि लामिछानेको पक्षमा उत्रिएका ज्ञानेन्द्र शाही घण्टीबाट चुनावमा भागनलिएर राप्रपाबाट किन लिए होलान् ? यी यक्ष प्रश्नहरू अहिले पनि ज्यूँका त्यूँ छन् ।

भूराजनीति बुझेका दुई कम्युनिष्ट
डा. केशरजंग रायमाझी र मनमोहन अधिकारी यी दुईजना कम्युनिस्ट नेतृत्वले मात्र नेपालको भुराजनिती बुझेर राजनीति गरेका थिए । उनीहरूले कहिल्यै पनि भिडको राजनीति गरेनन् उग्र उतेजनात्मक अभिव्यक्ति दिएनन् । संयोग डा. केशरजंग रायमाझी राजपरिषद् सभापति हुँदा मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्री बन्नुभयो र डा रायमाझीले सपथ खुवाउनु भयो । मदन भण्डारीको औचित्य कृष्णप्रसाद भट्टराई हराएपछिसकियो हत्या गराए । गिरिजा लेण्डुप बनेर अक्सिजन थुतेर आत्महत्या गरे । यो कुरा बाहिर सार्वजनिक गरिएन । जीवनको अन्तिम क्षणमा गिरिजाले शायद पूर्व राजा ज्ञानेन्द्रलाई आफू फसेको कुरा सविस्तार बताए होलान् । पहिला नेपालमा राजतन्त्र विस्थापन नगर्दासम्म एसियाको महान नेता भन्दै भारत भ्रमणको क्रममा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तत्कालिन भारतीय प्रधानमन्त्री मनमोहन सिंह अंगालो हाल्न आए । पहिलो राष्ट्रपति बन्ने लालसामा नवलेण्डुप दोर्जे बनेका गिरिजाप्रसाद कोइरालाको औचित्य राजतन्त्रको विस्थापन पछि सकियो । ततपश्चात् भारतीयहरूले प्रचण्डलाई अगाडि सारेर गिरिाजलाई राष्ट्रपति बन्न रोके । त्यसपछि भारत भ्रमणमा गएका गिरिजालाई तत्कालिन विदेशमन्त्री सलमान खुर्सिदले भेट गरेर त्यो भन्दा माथि भेट दिएनन् । राजतन्त्र नफाल्दासम्म विमानस्थलमा अंगालो हाल्न आएका मनमोहन सिंहले र सोनिया गान्धीले भेट नदिएपछि गिरिजा कहिल्यै पनि भारत गएनन् । उपचारको लागि पनि उनी सिंगापुर गए । अन्तिममा आफ्ना निकटस्थहरूसँग भारतले आफूलाई लेण्डुप दोर्जेलाई जस्तै गराएको भन्दै अन्त्यमा अक्सिजन थुतेर आत्महत्या गरे । सिक्किम विलय गर्नुभन्दा पूर्व तत्कालिन सिक्किमका काजी लेण्डुप दोर्जेलाई इन्दिरा गान्धीले रातो कार्पेट ओछ्याएर स्वागत गरेकी थिइन् । जब सिक्किमत विलय गरियो त्यसपछिको दोस्रो निर्वाचनमा सिक्किमको निर्वाचन मतदाता नामावलीबाट पनि लेन्डुप दोर्जेको नाम हटाइयो । गिरिजालाई ठिक दोर्जेलाई जस्तै व्यवहार इन्दिरा गान्धीकी बुहारी सोनिया गान्धीको समयमा गरिएको थियो । सुशील कोइराला पनि निवासमै मारिए । प्रचण्डको पनि अब औचित्य सकिएको छ । युक्रेनी जेलेन्स्की मोडलका नयाँ पात्रहरू अगाडि सारिएको छ । गणेशमान सिहले गिरिजासँग विद्रोह गर्दा उनलाई आफ्नै छोरा श्रीमतिले साथ दिएनन् । कृष्णप्रसाद भट्टराईलाई एक्ल्याइयो । राजेश्वर देवकोटा र रबिन्द्रनाथ शर्मालाई कमल थापा लगाएर अपमान गरियो । योगि नरहरिनाथलाई दरबारकै एउटा गिरोहले हत्या गर्न खोजेको थियो तर सफल भएन । तत्पश्चात तत्कालीन रानी ऐश्वर्यले नरहरिनाथ विरुद्ध नेपाली बाबा नामको पात्र खडा गरेर योगि नरहरिनाथ विरुद्ध परिचालन गरेकी थिइन् ।
हिन्दू–बौद्ध सनातनी र राष्ट्रवादीहरूका लागि आगामी दिनहरू अझै संकटपूर्ण हुने देखिन्छ । यो अवस्थामा साम्राज्यवादको चौतर्फी घेराबन्दी रहेको हुनाले बाहिर निस्केर गतिविधि सञ्चालन गर्नु अझै घातक हुनेछ । यसकारण आ–आफ्नो स्थानबाट भूमिका निभाउनु अहिलेको आवश्यकता हो । सबैलाई चेतना भया ।