Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एका बिहानै प्रधानमन्त्री चीनको सीमानामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज सङ्खुवासभा प्रस्थान गरेका छन् । त्यहाँ सञ्चालित विभिन्न आयोजनाको अवलोकन गर्नका लागि प्रधानमन्त्री त्यता गएका हुन् । ओली सुरूवातमा चीनसँग सीमा जोडिएको उत्तरी नाका किमाथाङ्का पुग्ने कार्यक्रम तय भएको छ । यस्तै उनले भोटखोला गाउँपालिका १ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गर्नेछन् ।
झण्डै एक वर्षअघि स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी) को निर्माणधीन भवनका साथै भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको पनि अवलोकन गर्ने कार्यक्रम तय भएको प्रजिअको भनाइ छ ।ओलीले राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी व्यापारिक राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम छ । यस्तै बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्ने तय भएको संखुवासभाका सांसद राजेन्द्र गौतमले बताएका छन् । ओली साढे ३ बजेसम्म सङ्खुवासभा बसेर काठमाडौँ फर्कने छन् ।


सम्बन्धित समाचार