Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकैदिन साढे २० हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । आज एकैदिन २० हजार ५ सयले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ । बुधबार एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । आज एकैदिन २०५ रुपैयाँले बढेर नयाँ रकेर्ड बनाएको हो । आज चाँदीको मूल्य ७ हजार ५०५ कायम भएको छ । हिजो ७ हजार ३००मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


सम्बन्धित समाचार