Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकै दिन १२०० ले सस्तियो सुन

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो।