Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एक महिनापछि बा फर्किने महेशको घोषणा

काठमाडौं । सत्ता अहंकारले चौपट्टै भएपछि ओली सरकार ढल्न पुगेको कुरा कसैबाट छिपेको छैन । दुई तिहाई बहुमत ताडफोड गर्दै आफू अनुकुल अदालतलाई समेत प्रयोग गर्दै आएका प्रधानमत्री केपी शर्मा ओली त्यही अदालतबाट गलहत्याइएका छन् । नेकपा एमालेका युवा नेता महेश बस्नेतले एक महिनापछि फेरि ओलीबाको सत्तामा पुनस्थापना हुने दाबी गरेका छन् । एक महिनाभित्र शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्न नसकेमा ओलीले प्रधानमन्त्रीमा दावी गर्न सक्ने उनको तर्क छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाट बालकोटसम्म स्कर्टिङ गर्ने क्रममा बस्नेतले यस्तो बताएका हुन् । उनले भने, एक महिनापछि एमाले र जसपा मिलेर ७६ (५) को प्रधानमन्त्रीमा केपी ओलीले दावी गर्न पाउने कि नपाउने ? देउवाको दावीलाई मान्यता दिने अदालते एमाले र राजपाको दावीलाई मान्यता दिन्छ कि दिँदैन ? विश्वासको मत नपाएपछि देउवाले चाहिँ कसरी निर्वाचनको घोषणा गर्न पाउँछन् ? केपी ओलीले गरेको विघटन सुँगुरको मुखजस्तो अनि देउवाले गर्न सक्ने विघटन चाहिँ मयुरको प्वाँखजस्तो हुन्छ ? बस्नेतले भने, एक महिनापछि केपी ओली फेरि पुनस्थापना हुने सम्भावना छ । तर, यदि जालसाँजी गरियो भने पनि ६ महिनापछि हुने चुनावमा एमालेलाई कसैले छेक्न सक्दैन । एमाले बाघ हो । बाघ र सिंहसँग लड्न स्यालहरूले हुल बाँधेर आउनुपर्छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल