Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एक सातामा मास्कको अभाव हट्ने

काठमाडौं । कोरोनाभाइरसको जोखिमपछि चरम अभाव भएको मास्कको माग धान्ने गरी उत्पादनको तयारी सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्शको सहकार्यमा व्यवसायी दिपक मलहोत्रालगायतले हप्तामा ५ लाख थान सर्जिकल मास्क उत्पादन गर्ने भएका हुन् । चेम्बरले व्यवसायी दिपक मलहोत्राको संयोजकत्वमा मास्कको समस्या समाधानका लागि कमिटी गठन मलहोत्राले मास्क उत्पादन गर्ने मेसिन झिकाएका छन् ।
भारतबाट मेशिन अर्डर गरिसकेकाले आगामी सातादेखि मास्क उत्पादन थाल्ने मलहोत्राले जानकारी दिएका छन् । एक हप्तामा ५ लाख पिस मास्क उत्पादन भएपछि मास्कको अभाव घट्ने उनले दावी गरेका छन् । सरकारले मास्क र स्यानिटरी आइटममा तत्कालका लागि भन्सार मिनाहा छुट दिने निर्णय गरेपछि व्यवसायीहरु मास्कको आयात एवं उत्पादन गर्ने आवश्यक पर्ने सामग्री आयतामा केन्द्रित भएका हुन् ।


सम्बन्धित समाचार