Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एजेन्डा विहीन चुनावी माहोल

काठमाडौं । व्यवस्था जुनसुकै होस् ठूला साना सबै दलका पहिलो चरणका नेताको सत्ता स्वार्थका कारण जेनजी सरकारले घोषणा गरेको चुनावप्रति त्यही सरकारका मन्त्रीको पद मोहले जनआकर्षण छैन । सरकारको नेतृत्व लिएर राम्रो काम गरेका कुलमान घिसिङ आफैं उम्मेदवार बन्नु राम्रो मानिएला । तर उनको अहंकार र दम्ब एमालेका एकलकाटे, निरंकुश अध्यक्ष केपी ओलीसँग मिल्दो देखियो । शिक्षा, सञ्चार र खेलकुदमन्त्रीको निर्वाचन जित्ने आधार छैन । तर पनि उनीहरू मैदानमा आए । यस पटक पुराना दलहरूलाई विरोध गरेर जनताको मत पोल्टामा पार्ने कोशीश नयाँ जोगी कुलमान र जनार्दनहरूले गरे पनि देशभर तिनको उम्मेदवारी छैन । डा. बाबुराम किन पछि हटे त्यो गुदी कुरा खोतलिँदै जानेछ ।
सत्ता सञ्चालनमा असफल होलान् तर अन्तरपार्टी व्यवस्थानको कमजोरी काँग्रेस, एमाले, माओवादीमा जति छ त्यसको झल्को रास्वपामा पनि छ । सहकारी क्षेत्रमा रास्वापको घण्टाीको क्रेजले महानगरप्रमुख पद त्यागेर बालेन शाह झापा ५ मा पुगेका छन् । चर्चा ठूलो त्यही क्षेत्रको छ । किनकि जेनजी आन्दोलनमाथि दमन गरेर ३ घण्टाका बीचमा १७ जना विद्यार्थीको कत्लेआम गर्ने बहादुर सरकारका प्रधानमन्त्री त्यही क्षेत्रका हाल अस्थायी बासिन्दा हुन् । उनी मतदाता भक्तपुर २ का हुन् । ओली आफू बाहेक अरुले देश चलाउन सक्दैन भन्दै भाद्र २३ को रगतको टाटोमा थुक्ने क्रान्तिकारी कम्युनिष्ट हुन् । जसले नेपाली कम्युनिष्टहरूलाई परम शत्रु ठानेर यस पटक पनि आफैं मात्र चुनाव जित्न राजावादी समूह राप्रपाको मत लिन गठबन्धन गरेका छन् । ओलीले बालेन शाहलाई थात थलो नभएको, सिंहदरबार जलाउने उपद्रय्राहा भनेका छन् तर जनताले त्यो स्थिति सिर्जना गर्ने मुल नायक केपी हो भनिरहेको छ । चुनाव यस्तैको बोलीमा केन्द्रीत छ । प्रधानमन्त्री पदका दाबेदार नेकपाका संयोजक पुष्पकमल दाहाल एमालेका अध्यक्ष केपी शर्मा ओली, काँग्रेसका सभापति गगन थापा, रास्वपाका नेता बालेन शाहको निर्वाचन प्रचारले फेसबुकका भित्ता रंगीएका छन् । जो निर्वाचनमा जित्ने पक्का छ ठाउँ सुरक्षित छ उसको टिम कमजोर छ । क्रातिकारीको लेपन लगाएर बुर्कुसी मार्ने पुष्पकमल दाहालमााथि गरिने प्रहार आज एमालेका मैमत्ता अध्यक्ष केपी ओलीमा सरेको छ । ओलीले आफैं भित्रका हिजोका दाशहरूलाई जसरी पर राखे त्यो नै यो चुनावको अन्तरपार्टी संघर्षको विज बन्दैछ । उनका विश्वासी ललिता निवास प्रकरणका नायक विष्णु पौडेल होउन् वा जालेझेल गरेर महासचिव दोहो¥याइएका शंकर पोखरेल किन नहुन् चारित्रिक दृष्टिले सफल हुने अवस्था छैन । कार्यकर्ताले नपत्याएका विष्णु रिमाललाई सुम्पिएको जिम्मेवारी कुत्तेलाई घिउ नपचे जस्तो हुने अवस्था छ । संसदको दोस्रो ठूलो दल भएर पनि एमालेका अध्यक्षले चलाएको शासनमा भाद्र २३ गते बगेको रगतले चुनावमा नतिजा राम्रो आउने छैन ।
बरु काँग्रेसभित्र अजम्बरी खाएका शेरबहादुर देउवाका भान्से र भतखौरे कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला जस्ताको राजनीति विशेष महाधिवेशनले समापन गरेको छ । शेरबहादुरकै आग्रहमा मधेशबाट टिकट पाउने विमलेन्द्र निधि, विजय गच्छदारमध्येले समय नचिन्दा पाएको जिम्मेवारी जोगाउन जेनजी पुस्ताको आलोचना गर्न छाड्न जरुरी छ । सभापति गगन थापालाई सर्लाही ४ ले कति माया गर्छ त्यहाँ भारतीय गुप्तचर एजेन्सी रअका एजेन्ट डा. अमरेश सिंह रास्वपाबाट चुनावी मैदानमा छन । यो चुनाव अमेरिकी र युरोपेली युनियन जस्ता शक्ति समूहको प्रतिस्पर्धामा केन्द्रीत छ । कतिलाई यो पच्दैन । तर जेनजीसँग जोडिएका अनुहारहरू जो छन् तिनले जनताको जीवनलाई मुद्दा बनाएको देखिएन । भ्रष्टाचार, तस्करीतन्त्र, माफिया र बिचौलिया करण आजको रोग होइन । केपी ओलीले आफू सहभागी दर्जनौं काण्ड त्यो बेला दबाएका हुन् । आफू शक्तिमा हुँदा अपराध दबाइन्छ भन्ने कुरा कुलदेवी सहभागी काण्डसँग जोडिएका गिरिबन्धु काण्ड, ६६ किलो सुन तस्करी काण्ड, पशुपतिको जलहारी काण्ड, नेपाल ट्रष्ट, वाइडवडी जस्ता दर्जनौं काण्डसँगै नक्कली भुटानी शरणार्थी र भिजिट भिसा प्रकरण ज्वलन्त उदाहरण हुन् । जहाँ ओली र काँग्रेसकी भ्रष्ट कुलायन आरजुको गठजोड थियो । तर राज्यका निकाय अपांग भए वा बनाइए । यस्ता कुरा वैकल्पिक शक्तिको घोषणापत्रले छानविन गर्ने आँट गरेर सार्वजनिक गर्न सक्ला ? यस्ता प्रश्न उठ्छन् प्रतिवाद गर्ने आँट जेनजीमाथि दया र समवेदना व्यक्त गर्न नसक्नेहरूबाट सम्भव छैन । रवि लामिछानेमाथि लगाइएका काण्ड प्रतिशोधपूर्ण हुन सक्छ तर सहकारी ठगीको बिगो दामाशाहीले अदालतमा बुझाएर बन्दी जीवनबाट बाहिरिएपछि उनले तत्कालिन राज्यसत्ताले गरेको त्यो अत्याचार झापा ५ मा छरपष्ट पार्न किन ढिलाई गरे शंका यहाँ छ । किनकि उनीमाथि प्रतिशोधपूर्ण कारबाही नै थियो भने ओली जस्ता निरंकुश तन्त्रका वादशाहको भण्डाफोर त्यही झापा जिल्लामा गर्नुपर्छ । नेपाली वामपन्थी जनमत एमाले र केपीको दाश होइन । जसले पार्टीमा गुण्डा, तस्कर, सहकारी ठग, सार्वजनिक सम्पत्ति कब्जा गर्न उकास्छ त्यस्तो नेता देशभक्त, राष्ट्रवादी हुन सक्दैन ।
चुनावी चर्चा प्रचण्ड, ओली, गगन र बालेनको बढी हुनुको कारण भावि प्रधानमन्त्रीको उम्मेदवारका रुपमा स्वीकारिएको तथ्य हो । प्रचण्डको घोषणा भएको छैन । तर अरु तीन अनुहारहरूलाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल