Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनएमबि बैंक र आइएमई पेबीच संझौता

 

काठमाडौं। आइएमई पेमा अब एनएमबि बैंकको खाता भएका ग्राहकले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ।
आइएमई पे र एनएमबि बैंकबीच भएको सम्झौता स्वरुप अब ग्राहकले आफ्नो एनएमबि बैंकको मोबाईल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्ने बैंकले जानकारी दिएको छ।
ग्राहकलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उदेश्यका साथ सुबिधा सुरु गरिएको जनाइएको छ।