Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले १०.२६९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकको आर्थिक वर्ष २०७६/७७ को २३औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । उक्त सभामा प्रस्ताव गरिएको १०.२६९ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको हो ।
यसै साधारण सभाले संस्थापक समूह “क” बाट तीन ९३० जना र सर्वसाधारण समूह “ख” बाट एक ९१० जना महिला सहित तीन ९३० जना गरी जम्मा छ ९६० जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरेको छ ।
सभा पश्चात बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । समूह “क”बाट सञ्चालकहरुमा मोहन बहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित भएका छन् भने समूह “ख” बाट चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान निर्वाचित भएका छन् ।
साथै, सभाबाट पारित १०.२६९ प्रतिशत बोनस सेयर पश्चात यस बैंकको चुक्ता पुँजी रु १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुग्नेछ । हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटिएम सञ्चालन गरी आÇना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मा रु ७९ अर्ब ६१ करोड ७० लाख निक्षेप परिचालन तथा रु। ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद नाफा रु १ अर्ब १० करोड ८४ लाख आर्जन गरेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल