Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एभरेष्ट बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस सभाले शेयरधनीलाई आव २०८०–८१ का लागि १०५ बोनस शेयर र ५.५३५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै यस सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयर धनीहरूका तर्फबाट नवीन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई आगामी ४ वर्षकालागि पुन निर्विरोध निर्वाचित गरेको छ । आव २०८१–८२ को लागि एन अमात्य एण्ड कम्पनीलाई लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्तावसमेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।