Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसीबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताबारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बिहान १० बजे बस्ने बैठकमा एमसीसीबारे छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकले एमसीसीबारे निर्णय गर्ने बताइएको छ । गठबन्धनमा एमसीसीलाई लिएर एकमत छैन । नेकपा ९माओवादी केन्द्र० यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा देखिँदै आएको छ ।

नेकपा एकीकृत समाजवादी एमसीसीमा रहेका केही प्रावधान सच्याएर अगाडि बढ्नुपर्ने पक्षमा छ । जनता समाजवादी पार्टी जसपाभित्र पनि यस विषयमा एकमत छैन । डा। बाबुराम भट्टराई एमसीसी पास गर्नुपर्ने पक्षमा छन् भने उपेन्द्र यादव मौन छन् ।

आज दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ । त्यसअघि गठबन्धनमा सहमति खोज्ने प्रयासस्वरूप बैठक बस्न लागेको हो ।

व्याख्यात्मक विश्लेषण गरेर भए पनि एमसीसी पास गरेर गठबन्धन जोगाउनुपर्ने गठबन्धनभित्रका नेताहरूले बताइरहेका छन् ।

 


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल