Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कागले कान लग्यो भन्ने हल्ला चलाएर कुखुरा चोर्ने छट्टु स्याल मार्काका मिसनरी बुद्धिजीवीहरूले सरकार परिवर्तन एमसीसीसँग सम्बद्ध रहेको भन्ने भनाई सत्य होइन । राष्ट्रघाती, विवादास्पद एमसीसी परियोजना सम्बन्धमा केपी ओली र शेरबहादुर देउवाको एउटै मत रहेको छ । यसमा फरक मत राख्नेहरू वर्षमान पुन बाहेक माओवादीको मूल नेतृत्व र एमालेभित्रको भीम रावल, झलनाथ समूह हो । शेरबहादुर कुनै नयाँ पात्र होइनन् । तर, यो परिस्थितिको निर्माणकर्ता स्वयं केपी शर्मा ओली हुन् र देउवालाई प्रधानमन्त्री बनाउने वातावरण स्वयं ओलीले निर्माण गरेका हुन् । पछिल्लो चरणमा चीनलाई केपी ओलीले गरेको बेवास्ता, बीआरआईप्रतिको उदासिनता र उनको एमसीसी मोह वर्तमान घटनाको परिणामका लागि जिम्मेवार छन् ।
तथापि पछिल्लो चरणमा वर्तमान सेनापतिको ६ महिना म्याद थप गर्ने प्रस्ताव र शक्ति केन्द्रको वर्तमान संविधान च्यातेर भ्याकुम खाली गर्ने र अफगानिस्तान बनाउने कुरामा केपी ओलीले राखेको असहमति सकारात्मक पक्ष हुन् । वर्तमान संविधान संशोधन गरेर धर्म निरपेक्षता र संघीयता हटाउनै पर्दछ । पुरानो राजतन्त्र कम्बोडिया या लाओस्को फ्रेमभित्र सेटल गर्दै औचित्यहित कथित नाम मात्रको नेपाली सेना विघटन र अहिलेको अदालत पुनर्गठन अनिवार्य पाटो हो । राजतन्त्रको विस्थापनपछि वर्तमान सेनाको औचित्य पनि समाप्त भएको छ भने २०१८ सालपछि भित्रिएको पिसकोरको जगमा बनेको अदालतको औचित्य पनि सकिएको छ । यसकारण राजतन्त्रको विस्थापनसँगै सेना र अदालत पनि विस्थापन गर्नै पर्दछ । र, एक दिन विस्थापन हुने नै छ । किनकि यो सेना नेपाल राष्ट्रको रक्षाकवच होइन, इन्डो पश्चिमा साम्राज्यवादको रक्षाकवच हो । अदालत पनि ठीक यस्तै हो ।
यसर्थ, संविधान च्यातेर भ्याकुम खाली गरेर खेल्ने इन्डो पश्चिमी दरबार हत्याकाण्ड गराउने पश्चिमी शक्ति केन्द्रको षड्यन्त्र नमानेपछि अमेरिका र युरोपियनले अखडा बनाएको अदालतमार्फत् कु गरेर देउवालाई ल्याइएको छ । ओलीले अस्वीकार गरेका एजेन्डा पूरा गर्ने उद्देश्यले शेरबहादुर देउवाको आगमन भएको छ । विश्लेषक सौरभले भनेजस्तो ओलीले धर्मनिरपेक्षता र संघीयता हटाउन खोजेर कू गरिएको होइन । चोर बाटोबाट धर्म निरपेक्षता छिराउने प्रमुख पात्र इसाई मिसनका तत्कालिन सभामुख सुभाष नेम्वाङ नै ओलीका दाहिने हात हुन् भने अर्का पात्र कृष्ण प्रणामी कृष्ण सिटौला देउवाका बायाँ हात हुन् । राणाहरूकै पालन पोषणमा हुर्किएका इसाई माधवकुमार नेपाल राणा परिवारसँग जोडिएका शेरबहादुर देउवालाई अनुकुल पात्रका रूपमा ल्याइएको छ । तथाकथित माओवादी भनेका अब केबल प्रयोगका पात्र मात्रै हुन् । यदि ओलीबाट पूरा हुन नसकेका काम देउवा, माधव नेपालबाट पूरा भएन भने यिनीहरूको अवस्था डुङडुङ्ती गन्हाएको सिनो काग र गिद्दले खान छाडेजस्तै दर्दनाक हुनेछ । जसका परिणामहरू आगामी ६ महिनासम्ममा देखा पर्नेछन् ।
एमसीसीमा चीनको समर्थन छ भन्नेहरू इन्डो पश्चिमा प्रपोगण्डाका आवाराहरू हुन्
अहिले एकथरि हरियो घाँसभित्र लुकेका करेट सर्पजस्ता छद्म भेषीहरू एमसीसीमा चीनको समर्थन छ भनेर हल्ला गर्न यिनका मालिकहरूले पठाइरहेका छन् । यो जासुसहरूको भ्रम छर्ने अभियान हो । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १००औं वर्षको अवसरमा सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङयीले अमेरिकाको इन्डो प्यासिफिक स्टाटेजी सितयुद्धकालको धङधङी मात्र हो । यो छिटै परास्त हुनेछ भनेर कडा प्रहार गरेको कुरा दुई हप्ता पूर्वको ग्लोबल टाइम्समा प्रकाशित छ । चीनका दक्षिण एसिया मामिला विज्ञ हुसी सेङले एमसीसी बिआरआई रोक्ने षड्यन्त्र भनेर कडा टिप्पणी गरेका छन् । अर्का चिनियाँ प्राध्यापक सुविङले नेपालले एमसीसीमा श्रीलंकाबाट पाठ सिकोस् भनेर भनेका छन् । यी कुराहरू यसभन्दा अगाडिका विभिन्न आलेखहरूमा आइसकेका छन् ।
खासगरी सीआइए मिसन अन्तर्गत धर्मको आवरणमा आरएसएसँग जोडिएका तर बाहिर आफूलाई पश्चिमा विरोधी जस्तो देखाउने केही आवाराहरू अहिले चीन र भारत एमसीसीमा एकै ठाउँ भन्ने हल्ला गर्न उद्दत छन् । धर्मको एजेन्डामा आरएसएसमार्फत् विघटन भइसकेको इन्डो अमेरिकी केन्द्र कसिलो बनाउने मिसनमा लागेका धर्मको ब्यानर बोकेका अधार्मिक राष्ट्रघाती अपराधीहरू चीन एमसीसी चाहन्छ भनेर एमसीसीको पक्षमा प्रचारात्मक अभियानमा उत्रिएका छन् । सिधै एमसीसीको समर्थन गर्दा निशानामा पर्ने हुनाले आरएसएस र पश्चिमा मिसनका यस्ता छद्मभेषीहरू घुमाउरो रूपमा जनतामा भ्रम छर्न सकिन्छ कि भन्ने उद्देश्य बोकेर उत्रिएका छन् ।
किन गरियो केपी ओलीलाई कू ?
आरएसएस, रअ र सिआइएका बफादार एजेन्ट रुकमाङ्गद कटवालले आफ्ना मालिकहरूको आदेशअनुसार केपी ओलीसँग राष्ट्रपति बनाउने प्रस्ताव गरे । र, वर्तमान सेनापतिको छ महिना म्याद थप्ने प्रस्तावलाई ओलीले अस्वीकार गरे । ततपश्चात् उनलाई अदालतमार्फत् कू गरेर फालियो । तमाम कमी कमजोरीका बाबजुद दरबार हत्याकाण्ड गराउने शक्ति केन्द्रको पछिल्लो प्रस्ताव अस्वीकार गरेर ओलीले सकारात्मक काम गरे । यहाँसम्म आइपुग्दा शक्ति केन्द्रले कसरी खेलाएको रहेछ यसको जानकारी ओलीले राम्रैसँग बुझे होलान् । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । यसकारण ओलीले पुन वापमन्थी एकता या मोर्चाको पहल गर्न जरुरी छ ।
मदन हत्यापछि एकछत्र महासचिव बनाइएका माधव नेपाल को हुन् भन्ने कुरा ओलीजति जानकार अरु छैनन् । उनी कसको बलमा अहिले उभिएका छन् भन्ने कुरा अब त पक्कै पनि ओलीले बुझे होलान् । माधव नेपाल, प्रचण्ड या शेरबहादुरको बलमा उभिएका होइनन् । जुन शक्तिले मदन र विरेन्द्र मा¥यो त्यो शक्तिको बलमा ओलीलाई काउन्टर दिन उभिएका हुन् । ६० सिटका देउवालाई कसरी १६५ पुग्यो ? अब त ओलीले बुझे होलान् । जहाँसम्म प्रचण्डको प्रश्न छ उनलाई शेरबहादुरको कित्तामा धकेलेर पु¥याउने ओली नै हुन् । भारत, रअ र दरबार हत्याकाण्ड गराउने शक्ति केन्द्रले उक्साएकै भरमा केपी ओलीले आफ्नो विकल्प नदेख्नु, चीनलाई बेवास्ता गरेर अघि बढ्न खोज्नुको दुस्साहस वर्तमान परिणाम हो ।
इम्बोस्ड नम्बरको असंवैधानिक फैसलादेखि पश्चिमाको डलरमा बिकेर राष्ट्रघात गर्दै आएका चोलेन्द्र शमशेर राणाबाट लोकतन्त्रको रक्षा भयो भन्ने नरपशुहरूलाई देख्दा दया गर्नुपर्ने अवस्था छ । अब ओलीसँगबाट गराउन नसकेका कार्यहरू पूरा गराउने कोसिस गरिनेछ । त्यसकै निम्ति केपी ओलीले बनाइदिएको धरातलमा देउवालाई ल्याइयो । यो षड्यन्त्र रोक्न विगतका आ–आफ्ना कमी कमजोरीहरूलाई समिक्षा गर्दै अहिलेलाई ओली र प्रचण्ड दुष्मन जस्तो देखिए पनि फेरि एक ठाउँमा आउनुको विकल्प छैन । अन्यथा दुवैको समाप्ति हुनेछ ।
दरबार हत्याकाण्ड गराउने देशी विदेशी शक्ति केन्द्रको पुनस्र्थापनालाई जुनसुकै अवस्थामा पनि रोक्नु पर्दछ । श्रीलंकामा जस्तै एमसीसी पूर्ण रूपमा खारेज गर्नुपर्दछ । त्यतिबेला षड्यन्त्रकारीहरूको औचित्य समाप्त हुनेछ । आगामी निर्वाचनमा पार्टी एकीकरण होइन, कम्तिमा पनि वामपन्थीहरू संयुक्त मोर्चा बनाएर निर्वाचन लड्ने हो भने सत्तापक्ष र प्रमुख प्रतिपक्ष दुवै वामपन्थी हुन असम्भव छैन । त्यो अवस्थामा नेपाल चीन मैत्री रूपमा अघि बढ्नेछ । पुरानो राजतन्त्रलाई कम्बोडिया या लाओसको मोडलमा सेटल गर्दा सेना र अदालतमार्फत् खेलिने इन्डो अमेरिकी संरचना औचित्यहिन हुनेछ ।
पूर्व सभामुख कृष्णबहादुर महरा एमसीसी टेबुल नगरेकै कारण पश्चिमाहरूको शिकार बनेको दाबी गर्नेहरू हुन् या वर्तमान अग्निप्रसाद सापकोटा र माओवादीको परिक्षण अब एमसीसीमा हुनेछ । हेक्का रहोस् एमसीसी टेबुल गर्नु माओवादीको राजनीतिक र भौतिक दुवै रूपमा आत्महत्या हुनेछ । सबैलाई चेतना भया ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल