Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसी प्रतिनिधिसभाको कार्यसूचीमा छिर्यो

काठमाडौँ । कार्यव्यवस्था परामर्श समितिमा नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले अहसमति जनाए पनि आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल हुने कार्यसूची तय भएको छ ।
कार्यव्यवस्था समितिको बैठकमा एमसीसी सम्झौता र लोकसेवा आयोग सम्बन्धी विधेयक टेबल गर्ने निर्णय भएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । बैठकमा माओवादी केन्द्रका प्रतिनिधिहरु प्रमुख सचेतक देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले लिखित असहमति प्रस्तुत गरेका छन् । संसद् सचिवलायका प्रवक्ता रोजनाथ पाण्डेले अर्को बैठक आगामी बिहीबार राखिने भएको छ । आइतबारको कार्यव्यवस्था समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेको उनले बताए ।