Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसी संसदबाट पास हुन्छ

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट जसरी भए पनि पास हुने बताएका छन् । मन्त्रलायमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले सरकारको धारणा स्पष्ट रहेको हुँदा एमसीसी सम्झौता संसदबाटै पास हुने बताएका हुन् । एमसीसीबारे सरकारले जे भन्दै आएको छ त्यही हो, नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले भने, यो पास हुन्छ, सरकार प्रस्ट छ । मन्त्री ज्ञवालीले कसले के के भने त्यसलाई नहेरेर एमसीसी हामीलाई आवश्यकता हो की होइन भन्ने तीर ध्यान दिन आग्रह गरे । उनले एमसीसीबारे सकारात्मक बहस गर्न समेत आग्रह गरेका थिए ।