Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमाले सम्बद्ध युवाहरूले ललितपुरको च्यासलस्थित पार्टी कार्यालय घेरेका छन् । उनीहरू बिहीबार मध्याह्न च्यासलस्थित केन्द्रीय कार्यालय पुगेर धर्नामा बसेका हुन् । बुधबार महासचिव शंकर पोखरेलको पुत्ला जलाउने समूहकै युवाहरूले पार्टी कार्यलयमा धर्ना र विरोध प्रदर्शन गरेका हुन्। भदौको जेन(जी आन्दोलन र फागुन २१ को चुनावी धक्कापछि पनि एमालेमा नेतृत्व परिवर्तनलाई अस्वीकार गरिएपछि युवाहरूले हस्तक्षेप थालेका हुन्। बदलिँदो राजनीतिक परिस्थितिअनुकूल एमाले हिँड्न नसकेको आरोप पनि उनीहरूले लगाएका छन् । बुधबार महासचिव शंकर पोखरेलसहितको पार्टी नेतृत्वले संसदीय दलको नेता चयनका क्रममा त्रुटि गरेको उनीहरूको गुनासो छ। संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओलीकै पुस्ताका वृद्ध रामबहादुर थापा बादललाई बलजफ्ती ल्याएको भन्दै उनीहरूले विरोध जनाएका छन् । युवा नेता सुहाङ नेम्बाङलाई अपमान गरेर प्रतिस्पर्धामा पनि निषेध गरेको भन्दै उनीहरूले बुधबार राति काठमाडौंमा विरोध गरेका थिए । त्यस्ता निर्णय सच्याएर पार्टीमा युवाहरूलाई अघि बढाउने पर्ने माग उनीहरूको छ ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल