Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेको महाधिवेशन आयोजक कमिठीको बैठक बुधबार

काठमाडौं। नेकपा एमालेले दशौ महाधिवेशन आयोजक कमिठीको बैठक आगामी बुधबार बोलाउने निर्णय गरेको छ। आइबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले असार १६ गते दशौ महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउन निर्णय गरेको हो । यसैगरी बैठकले एमालेको सदस्यता नवीकरण छिटो र तीव्रता दिन प्रदेश र जिल्लालाई निर्देशन दिएको छ। बैठकमा पछिल्लो राजनीतिक स्थिति, कोरोना महामारी, प्राकृतिक विपत्ति र राजनीनिक आयामका विषयमा संक्षिप्त छलफल भएको थियो । अझै उच्च तहमा छलफल गर्नुपर्ने देखिएपछि असार १६ गते एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठकमा काठमाडौंमा राख्ने निर्णय गरिएको बताइएको छ ।


सम्बन्धित समाचार