Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आफैं मात्र ठूलो, आफैं मात्र विज्ञ ठानेर जनतालाई रैती, कार्यकर्तालाई दास बनाइरहेको नेकपा एमाले ओली गुटभित्रका अहंकारवादका नाइके महासचिव शंकर पोखरेलको दुई दलीय व्यवस्थामाथि उप निर्वाचन परिणामले धक्का दियो । एमाले एक्लै लड्ने भन्यो तर काँग्रेसको चुनाव चिन्हमा माओवादी आधार इलाकामा आफ्नो कार्यकर्तालाई उप प्रमुख उठाउँदा दोब्बर मतले पराजित हुँदा चेत खायो । साना दलको अस्तित्व अस्वीकार गर्दै यथास्थितिवादलाई पछ्याउँदै जनताको बदुलीय जनवादलाई राज्य लुटको निशाना बनाउँदा ओली शासनको ४ महिनामा मुलुक रु ८४ अर्ब ऋणको भारी बोक्दैछ । यो ऋण प्रम केपी ओलीको आर्थिक सल्लाहकार डा. युवराज खतिवडाको नालयाकी सुझावले बढेको हो । उप चुनावमा एमाले र माओवादीले जहाँ जित हार भयो त्यहाँ नेपाली काँग्रेसको उपस्थिति दोस्रो र तेस्रो देखियो । काँग्रेसले जितेका कीर्तिपुर नगरपालिकामा माओवादी दोस्रो, एमाले तेस्रो हुनु नै नेताहरूको अहंकारमाथिको प्रहार हो । यी दुई शक्ति मिलेका थिए भने काँग्रेस सुसुपाल बन्ने थियो । माओवादीको मतबाट आफू चुनाव जितेर अध्यक्ष प्रचण्डको विरोधमा उत्रेका ईश्वर पोखरेल एमाले हुन् कि ०७९ को चुनावमा डा. शेखर कोइरालाको हालत यस्ता परिणामले कठै भन्नु पर्ने बनाउँछ । नेताहरूले गल्ती गरेका छन् । राज्य श्रोतमा दोहन गर्ने तिनै हुन् । जो एकता र सहकार्यको गुण बिर्सेर बैगुनी बन्छन् । केपी ओलीलाई बर्गियताको नाम पर्दैन मन पर्दैन, आफू चुनाव जित्न राजाको वकालत गर्ने राप्रपासँग गठबन्धन गर्न पछि नपर्ने भएपछि एमालेको अस्तित्व कहाँ बाँकी रह्यो ? पार्टीमा उपाध्यक्ष विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समेत अस्तित्व नभएको त्यो पार्टीमा उपमहासचिव र सचिवहरूको अर्थ देखिँदैन । अध्यक्ष राजनीतिक रूपमा प्रभु बनेका छन् । वा संस्कृतिले गाँजेको नेकपा एमालेलाई ओली फुल्ने र फलाउने अवस्था अब छैन । किनकि एमालेको मशिन ०८४ एक्लै लड्दा कस्तो फल पाउला त्यो संकेत उपनिर्वाचनले दिएको छ । वामपन्थी र परिवर्तनकारीका नाममा नेकपा चन्द, एकीकृत समाजवादी जस्ता शक्तिलाई च्याप्नु पर्ने बाध्यता छ, माओवादीले काँध थापेकै कारण कलम पार्टीले रौतहटमा एउटा वडाध्यक्ष पद प्राप्त ग¥यो । त्यही पार्टीका नन्दी भिरिङ्गी प्रवृत्तिका नेता माओवादीसँग पार्टी एकता गर्न रुचाएनन् । पार्टीको अस्तित्व जसले बचायो उसैमाथि प्रहार गर्ने दुष्ट चरित्र माधव पार्टीमा पनि छन् । एमालेको ओली पथको चाकडी गरेर तत्काल पाउने केही छैन । विधान अनुसारका जन्ती एमालेमा छन् । दुर्गा प्रसाई जस्ता व्यवसायीले प्रधानमन्त्री ओलीको कम्बोडिया टेलिकममा शेयर छ भन्नु स्वाभाविक थियो । किनकि नेपालको एनसेल र कम्बोडिया टेलिकम सञ्चालन गर्ने कम्पनी एउटै थियो । सो कम्पनीका मालिक शतिसलाल गुरुवाचार्य हुन् । जो बेलायती नागरिक हुन् । उनैलाई रु ६ अर्ब मिनाहा गरिएको छ । त्यही कारण पनि आम नागरिकलाई आशंका बढ्नु नौलो होइन ।
२०८१ पुष २
ताजा नेपाल
२०८१ पुष २
ताजा नेपाल
२०८१ पुष २
ताजा नेपाल