Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा पूर्वराष्ट्रपति विद्या भण्डारी समूहको तर्फबाट फरक मत दर्ता गर्ने भएका छन्। आज पार्टी मुख्यालय च्यासल पुगेर फरक मत दर्ता गराएको थापाले बताए।
थापाले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने लगायतको विषयमा फरक मत राख्दै आएका छन्।
उनी बाहेक उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि यसअघि नै आफ्नो फरक मत दर्ता गराइसकेका छन्। दर्ता भएका फरक मतबारे आज बस्ने सचिवालय बैठकमा छलफल हुने महासचिव शंकर पोखरेलले बताएका थिए। एमालेको विधान महाधिवेशन भोलिबाट सुरु हुँदै छ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल