Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एमाले एकताको प्रयासमा लागेको दोस्रो तहका नेताहरुबीच आज पनि अनौपचारिक वार्तामा बस्ने भएका छन् । पछिल्ला दिनमा लगातारजसो वार्तामा बस्दै आएका नेताहरु सोमबार पनि वार्तालाई निरन्तरता दिन लागेको बताएका छन् ।
हामी लगातार बस्दै आएका छौ आज पनि कुनै समय बस्ने की भनेर सम्वाद भइरहेको छ’, ओली पक्षका एक नेताले ताजानेपाललाइ भने, ‘हामीले आफ्नो तर्फबाट सक्ने जति प्रयास अन्तिमसम्म पनि गरिरहन्छौ’, ति नेताको भनाइ छ ।
अध्यक्ष केपी शर्मा ओलीका पक्षबाट नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र माधव समुहका भिम आचार्य,सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई र गोकर्ण विष्टलगायतका नेताहरुबीच लगातारजसो वार्ता हुँदै आएको छ । ती भेटवार्तामा नेताहरुले सहमतिका लागि मध्यमार्गी उपायको खोजी गरिरहेको बुझिएको छ । यी नेताबाहेक पछिल्लो समय माधव नेपालका तर्फबाट सोमप्रसाद पाण्डे र ओलीका तर्फबाट पृथ्वी सुब्बा गुरुङ समेत एकताका लागि प्रयासरत रहेका छन् ।
गुरुङले त आइतबार बालुवाटारमा बसेको स्थायी समिति बैठकमै पार्टी एकता जोगाउन नेता नेपाललाई अध्यक्ष दिन समेत तयार रहनुपर्ने प्रस्ताव नै अघि सारेका थिए । तर गुरुङको उक्त प्रस्तावमा ओलीले कुनै जवाफ नदिएको बालुवाटार स्रोतले जनाएको छ ।
गण्डकीको मुख्यमन्त्रीबाट जिम्मेवारी मुक्त भएपछि गुरुङ काठमाडौ आएर नेताहरूसँगको भेटवार्तालाई महत्व दिँदै आएका छन् । यता माधव नेपाल निकट नेता पाण्डेले पनि पछिल्लो समय पार्टी एकताका लागि सक्रियता देखाएको बुझिएको छ । त्यसैक्रममा पाण्डे र गुरुङको पहलमा १६ गते बस्ने महाधिवेशन आयोजक कमिटीको बैठक अघिनै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच एकपटक भेटवार्ता गराउने प्रयास भइरहेको बुझिएको छ ।
सकभर १६ गते अगावै उहाँहरूबीच एकपटक भेटवार्ता गराउने प्रयास भइरहेको छ’ स्रोतले भन्यो, ‘कति सम्भव हुन्छ हेरौँ ।
ओली पनि नेता नेपालसँग भेटवार्ता गर्न इच्छुक रहेको बुझिएको छ । ‘पहिला माधव कमरेडले बालुवाटार नआउने भन्नुभयो र बाहिरै भेटवार्ता पनि भयो । अव बालुवाटारमा आउन उहाँले पनि अप्ठेरो मान्नु हुदैन’, ओली निकट एक नेता भन्छन्, ‘यदि चाहने हो भने दुई नेताबीच भेटवार्ता गर्न कठिन छैन ।’
सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले र माओवादीलाई २०७५ जेठ २ को अवस्थामा फर्काइ दिएपछि पनि अध्यक्ष ओलीले एकलौटी केन्द्रीय कमिटि विघटन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि अध्यक्ष ओली र झलनाथ खनाल र माधवकुमार नेपाल समूहबीच आन्तरिक किचलो बढ्न पुगेको थियो ।
त्यहीबीचमा नेताहरुलाई कारवाही र समानान्तर गतिविधिले समेत तीव्रता पाएका थिए । सुरुमा जेठ २ को पार्टी संरचनामा फर्कन नमानेका ओली पछिल्लो पटक भने जेठ २ मा फर्कन लचक बनेका छन् । त्यसक्रममा फागुन २८ पछिका एकपक्षीय गरेका निर्णयहरु खारेज गर्न समेत ओली लगभग तयार भएपनि माधव पक्षले संसद पुर्नस्थापना र शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त गर्न गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त अघि सार्दै आएको छ । यो शर्त मान्न माधव पक्ष अझै तयार भैसकेको छैन । माधव पक्षले प्याकेजमा सहमति गर्नुपर्ने अडान राख्दै आएको छ ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल