Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । असफल शासक एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको एकलौटी हैकम भत्कँदैछ । पार्टीकी पूर्व उपाध्यक्ष समेत रहेकी पूर्व राष्ट्रपति विद्या भण्डारी पार्टी अध्यक्षमा प्रतिस्पर्धा गर्न खोजेकी छन् । पहिले ओलीकै सेवक भएर २ पटक महासचिव अर्को पटक वरिष्ठ उपाध्यक्ष भएका ईश्वर पोखरेल पनि विद्याकै पक्षमा छन् । भण्डारीबाट दिलाइएका पदक तथा विभूषण बेचेर पनि धन जोडेका पोखरेल रक्षामन्त्री बन्दा नेपाली सेनाले पचाएन । पैसालाई जोड दिँदा ईश्वरले छोरामार्फत् कोरोना कालमा ओम्नी र हुकाम कम्पनी खोलेर राज्य लुटेका पोखरेललाई ओलीले नै बचाएका हुन् । आफैंले उमेर हद ७० राखेर झलनाथ, माधव वामदेवलाई खेदेका केपी ओलीले विधान अधिवेशनमा आफ्नो धरातल देख्नेछन् । पार्टीका पदाधिकारी कोही पनि ओलीको अहंकार स्वीकार्दैनन् । ईश्वर, अष्टलक्ष्मी, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डेहरू पनि वाम एकता पक्षधर भएर पनि केपीकै कारण वाम सहकार्य भएन । पदमा पुगेर एकलौटी निर्णय गराउन सफल प्रधानमन्त्री ओली पछिल्लो कार्यकाल विवादरहित छैन । पार्टीमा पूर्वाग्रही व्यवहार देखाएर ओलीको एकलौटी शैलीबाट एमालेको धरातल घट्दो छ । तस्करी, भ्रष्टाचार बढेको छ । कालो बजार चर्किएको छ । भदौ अन्तिम साता एमालेको विधान अधिवेशन हुँदैछ । त्यो अधिवेशनले पार्टीका नीति र कार्यक्रम पारित गर्नेछ । एमालेमा ओलीकै कारण उपमहासचिव, सचिव जस्ता पद व्यवस्था गरियो ।
भागवण्डाको राजनीति पार्टीमा गुटको कारण स्थापित गर्दा अध्यक्ष ओली पक्ष भएका माधव नेपाललाई धोका दिएका १० भाइका सुरेन्द्र पाण्डे, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट र अष्टलक्ष्मी शाक्यले पद पाए । तर पार्टीमा तीनको हैसियत भएन । ओलीले नै यौन काण्डमा बचाएका महेश बस्नेत, शेरधन राई, गुलावजंग शाह, ऐनबहादुर महरहरूको भोलिको स्थिति के हुन्छ थाहा छैन तर कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्ण प्रसाद दाहालहरू ओली कित्ता त्यागेर विद्यातिर लागेका छन् ।
दाश प्रवृत्तिले एमालेको धरालत खस्केको हो । योगेश भट्टराई सबैभन्दा भक्त र दास थिए । रघुजी पन्त शिक्षामन्त्री भए । विद्या भट्टराईलाई ओलीका प्राविधिक सल्लाहकार असगर अलीको कम्पनीलाई शिक्षा मन्त्रालय पाठ्यक्रम केन्द्रको काम खोेसेर दिन नमान्दा मन्त्री पदबाट हटाइयो । यो खेलमा विष्णु रिमाल अग्रसर थिए । चुनाव हारेकाहरूलाई धमाधम राजनीतिक नियुक्ति दिलाएका महासचिव शंकर पोखरेलबाहेक अरुले स्प्रिट बुझेनन् भन्न बाध्य ओलीले विद्या भण्डारीलाई पार्टी गतिविधिमा नलाग्न धम्की दिएका छन् । तर विद्याले पार्टी कार्यकर्ता र युवाहरूको आवाज बुझ्न एमालेको स्वीकृत जरुरी छैन भन्ने जवाफ दिएपछि ओली थच्मरिएका छन् । छिमेकी मुलुक चीनले वामपन्थी सहकार्यलाई जोड दिएको छ । विद्या भण्डारी एमाले नेतृत्वमा आएको खण्डमा माओवादीसँग सहकार्य हुन सक्छ, एकीकृत समाजवादीसँग पार्टी एकता नै हुन सक्ने अवस्था छ । वाम सहकार्यकै बलमा विद्या राष्ट्रपति भएकी हुन् ०७४ सालमा झण्डै दुई तिहाई मत वामपन्थीले पाएका हुन् । पार्टी एकता विरुद्ध उनै केपी ओली लागेका हुन् । उनको चरित्र हैकमवादी हुँदा प्रचण्ड त खेदिए नै झलनाथ, माधव, वामदेव समेत खेदिएको कुरा लुकेको छैन । यस पटक काँग्रेस, एमाले गठबन्धनको स्वार्थमा देशको ढुकुटी रित्याइँदैछ । तर जनताको जीवनस्तर सुधार्ने कार्यक्रम छैन । सरकारले त्याएको बजेट माफियाको हितमा हुँदा व्यापारी वर्ग नेपालको अर्थतन्त्र ध्वस्त बनाएर पुँजी विदेश पलायन गर्न पाउने नीतिबाट खुशी भएको छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल