Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेमा विभाजनको रेखा कोरियो, माधवलाई पन्छाउने मेसो

काठमाडौं। नेकपा एमालेका आम कार्यकर्तालाई पार्टी एक बनोस् भन्ने चाहना छ । तर गुटगट रुपमा बाँडिएका नेता तथा कार्यकर्तालाई पार्टी एकता हुँदा आफ्नो स्थान सुरक्षित नहुने स्थिति देखेर एकता भन्दा विभाजनमै बल बगरिरहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीभित्र स्थान नदिने गरी बढेका छन् । उनले वरिष्ठ नेता पद नै खारेज गर्ने गरी विधान संशोधनको निर्णय गराएका छन् । ओलीले केन्द्रीय कमिटीको संख्या समेत बढाउने गरी विधान संशोधनको निर्णय गराएका छन् । यसबाट पार्टीको महत्वपूर्ण कमिटीहरुमा माधवकुमार नेपाल पक्ष झन् कमजोर अवस्थामा पुग्ने भएको छ । एमालेको विधान महाधिवेशनको तयारी समेत भएको छ । यसका लागि समिति नै बनाएर कार्यविभाजन गरिएको छ । बामदेव गौतमबाहेक माधवकुमार नेपाल पक्षलाई कुनै स्थान नदिएको समितिबाट ओली आक्रामक ढंगले बढ्न लागेको स्पष्ट भएको छ । ओलीले कानून सम्मत ढंगले एमालेमा आफ्नो पकड बलियो बनाएर जाने रणनीति लिएको देखिन्छ । नेपाल पक्षले समानान्तर कमिटी बनाएको छ । त्यसलाई अगाडि बढाउन खोजेको छ । तर, नेपाल पक्ष आधिकारिक एमाले नहुने निश्चितप्रायः छ । ओलीले माधव नेपाललाई एमालेमा स्थान छैन भनेका थिए । पछि एकता पक्षधर दोस्रो तहका नेताहरुको दबाबमा परेर सहमतिका लागि लचिलो बने । तर, नेपालको शर्त मान्न तयार भएनन् । ओलीले चालेको कदमबाट माधव नेपाललाई कुनै स्थान नराख्ने गरी बढेका छन् । उनले बरु नेपाल पक्षका नेताहरुलाई तान्न खोजेका छन् । उनीहरु विस्तारै आउन भने । ओलीको कदमप्रति रुष्ट बनेका उपाध्क्ष बामदेव गौतमले बैठकमै चुनौती दिए । ओलीले मनपरी गरेकाले अनुशासनको कारबाहीको विषय उठाए । यसले दुई नेताबीच चर्काचर्की भयो । विश्वस्त स्रोतका अनुसार गौतमले एमाले एकताको सम्भावना टरेको निष्कर्ष निकालेका छन् । उनले नेपालसँग अब नयाँ ढंगल बढ्नुपर्नेमा जोड दिइसकेका छन् ।