Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेलाई एक्ल्याउँदै प्रचण्ड र माधव

काठमाडौं । सरकार गठनसँग माओवादी केन्द्र नेकपा एस, एकता अभियानसँग घनश्याम भुसाल समेतको बीचमा बृहत पार्टी एकताको घोषणा गर्ने गरी नेकपाका नेताहरूले तयारी गरेको चर्चा छ । चुनावकै समयमा यो एकताको घोषणा हुन्थ्यो भने नेकपा एमालेका ओली गुटको अत्याचारबाट सांसद हुन नपाएको असन्तुष्ट समूहले ठाउँ पाउँथ्यो । नेपालका कम्युनिष्टहरूले काम गर्छन् तर बेला घर्काएर । अर्थात् न्याउरी मारी पछुतो शैली दलालहरूको छ । एमालेका एक्ला बादशाह केपी शर्मा ओलीको हैकम चिर्न असफल पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरू यतिबेला मुलुकको सुमृद्धि र विकास टुक्राटाक्री दलहरूलाई मिलाएर गर्दैछन् । समय धर्केपछिको यो पहल सत्ताका लागि काँग्रेससँग बार्गेनिङ हो भन्दा पनि हुन्छ ।
केपीको अत्याचार भएको बेला त्यो पार्टीको बहुमत प्रचण्डको थियो । ओलिपछिका प्रचण्डलाई माधव नेपालले आँट दिन्थे भने ओली त्यही बेला अल्पमतमा पर्थे । एमालेको चुनाव चिन्ह सूर्य बहुमतको हुनसक्थ्यो । माधवलाई पार्टी विभाजन गर्न उक्साएर अ‍ोलीको सेवक बनेका योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, चुनाव बालबाल जिते तर सुरेन्द्र पाण्डे तेस्रो बने, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले चुनाव लड्ने आँटै गरेनन् । नेकपा माओवादी केन्द्र आफैं विचार र सिद्धान्तबाट पलायन भएको छ । माधव नेपालको नेकपा एस प्रत्यक्षमा १० सिट जित्दा समानुपातिकमा थ्रेसहोल्ड कटाउन हम्मे हम्मेमा छ । ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन ३ लाख ११ हजार मत जरुरी हुन्छ । यो समूह राष्ट्रिय पार्टी नबनोस् भनेर नै एमालेले पुनः चुनावको माग गर्दै मतगणना रोकेको स्याङ्जा र बाजुरामा पुनः चुनाव भएन, स्याङ्जामा पितृले पनि मत हाले भने एमालेको आरोप सत्य असत्य के थियो तर मत गणना भएको अवस्थामा नेकपा एसको त्यहाँ मत बढेन । केपीको खेल माकुने समूहको पार्टी राष्ट्रिय नहोस् भन्ने थियो पूरा भयो । दलहरूले प्राप्त सिट हेर्दा विपक्षी गठबन्धन भन्दा सत्ता गठबन्धनकै बलियो धरातल छ । सत्ता गठबन्धनभित्र १३७ सिट छ । विपक्षीले माओवादीलाई लग्यो भने पनि राप्रपा, जसपा समेट्दा १३५ सिट हुन्छ । यो गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी जोडिँदा १३८ पुग्छ । जनमत पार्टीका सिके राउतले सत्तामा जाने लक्षण देखाएर नै प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । झण्डै २ तिहाईको सरकारको नेतृत्व गरेका एमालेका अध्यक्ष केपी ओलीको अहंकार र दम्बले पनि एमालेलाई पुनः सत्तामा ल्याएर देशमा नीतिगत लुट चलाउन दिन हुँदैन भन्ने मत बढी छ ।
तर सरकार नबन्दै ओलीले प्रचण्डसँग आफैंले र माधव नेपालसँग रूपनारायण श्रेष्ठहरू लगाएर पार्टी एकताको प्रयास गरेका छन् । वामदेव गौतमले चुनाव अगावै सत्ता गठबन्धनको सरकार बन्छ भनेका थिए । उनले मुलुकको कार्यकारी पदमा पुगेर एक पटक देशको नेतृत्व गर्ने रहर छ भनेका थिए । प्रचण्ड, माधव, झलनाथ, डा. बाबुराम भट्टराई पूर्व प्रमको भीडमा पूर्व उपप्रमसहित गृहमन्त्री बनेका वामदेवले पार्टी एकताको अभियान त बनाए तर उनको टिमलाई एमाले र माओवादी केन्द्रले चासो दिएन । अबको पार्टी एकतामा प्रचण्ड र माधवलाई घचघच्याउनुको कारण माकुनेको पार्टीका सांसद ओलीले नचोरुन् भन्ने हो । देशको आवश्यकता, अनुसार वामपन्थी एकताको जरुरत थियो भने चुनाव अगावै मोर्चा बनेको भए प्रभु शाह, घनश्याम भुसालहरूले स्वतन्त्र उम्मेदवार बन्नु पर्ने थिएन । एमालेमा ओलीको हुकुमी शासन नसहेको ठूलो जमात छ । त्यो जमातलाई पनि पार्टीभित्र भिœयाउनु पर्ने बाध्यता बृहत एकता मोर्चालाई हुनेछ ।


सम्बन्धित समाचार