Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेले कारबाही गरेका १४ सांसदको मुद्दा आज पेसीमा

काठमाडौं । एमालेले कारबाही गरेका १४ जना सांसदहरूलाई पदमुक्त गनु पर्ने माग राखी दर्ता गरेको रिट निवेदनको आइतबार पेसी तोकिएको छ ।

एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पार्टीले लगाएको ह्विप उल्लंघन गरेको आरोपमा कारबाही गरेको थियो । उनीहरूलाई दलबाट निस्कासित गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै मुद्दा परेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेले दर्ता गरेको छुट्टाछुट्टै मुद्दा एकसाथ पेसीमा चढेको हो । लुम्बिनी प्रदेशका सांसदमाथि भएको कारबाहीको मुद्दासमेत एकैसाथ छ ।

 


सम्बन्धित समाचार