Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेले गर्‍यो रायमाझीलाई कारबाही, सचिव पदबाट निलम्बित

एमालेले पार्टी केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएपछि फरार रहेका रायमाझीलाई एमाले केन्द्रीय कार्यालयले निलम्बन गरेको हो।

केन्द्रीय सचिवालयको बैठकको भोलिपल्ट महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गरी अनुसन्धानलाई सहयोग पुगोस् भनेर रायमाझीलाई निलम्बन गरिएको जनाएका छन्

केन्द्रीय सचिवालयको उक्त निर्णयलाई समेत ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यससम्बन्धी अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ, विज्ञप्तिमा भनिएको छ।

हिजो बसेको केन्द्रीय सचिवालय बैठकले रायमाझीका कारण पार्टीको प्रतिष्ठामा आँच आएको भन्दै प्रहरीसामु उपस्थित भएर रायमाझीले अनुसन्धानमा सहयोग गर्नुपर्ने निर्णय गरेको थियो।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल