Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेले संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एमालेले संसद्‍मा प्रस्तुत बजेटमाथि छलफलका लागि संसदीय दलको बैठक बोलाएको छ। समसामयिक बिषय र संसदमा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न सोमबार दिउँसो १ बजे पार्टी संसदीय दलको बैठक बोलाइएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। एमाले संसदीय दलको कार्यालय लोत्से हल बानेश्वरमा बैठक बस्ने छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३को बजेट जेठ १५ गते संसद्‍मा प्रस्तुत गरेका थिए। माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरुले सरकारलाई बजेट प्रस्तुत गर्न दिए पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म अबको संसद् बैठक चल्न नदिने बताउँदै आएका छन्। प्रतिनिधि सभाको अर्को बैठक यही जेठ २० गते मङ्‍गलबारका लागि बोलाइएको छ।


सम्बन्धित समाचार

धनुषा १ मा कसले मार्ला बाजी ?

२०८२ फाल्गुन २९

ताजा नेपाल

अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९

ताजा नेपाल